नवलपुरका सबै गाउँपालिकामा काँग्रेस विजयी

कावासोती, ३ जेठ। नवलपरासीको नवलपुरका चार गाउँपालिका र चार नगरपालिकामध्ये चार गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

विनयी त्रिवेणी, बुङ्दीकाली, बुलिङगटार गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली काँग्रेसले जितेको छ भने हुप्सेकोट गाउँपालिकामा अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा एमालेले जित हात पारेको छ।

बुङ्दीकाली अध्यक्षमा काँग्रेस उम्मेदवार दुर्गाबहादुर राना तीन हजार एक सय ९१ मतसहित निर्वाचित भएका हुन्। उनका निकटम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार श्याम श्रेष्ठले तीन हजार ९९ मत पाए।

यसैगरी, बुङ्दीकाली उपाध्यक्षमा काँग्रेस उम्मेदवार मायादेवी श्रेष्ठले जित हात पारिन्। उनले तीन हजार एक सय ७३ मत पाइन्।  उनकी प्रतिद्वन्द्वी एमालेकी डिलकुमारी श्रेष्ठले तीन हजार १० मत प्राप्त गरिन्।

उता, बुलि·टार गाउँपालिकामा पनि नेपाली काँग्रेस विजयी भएको छ। काँग्रेसका शशिकिरण बस्ताकोटीले अध्यक्षमा चार हजार सात सय आठ मत प्राप्त गरेका छन््। उनका निकटम् प्रतिद्वन्दी एमालेका व्रि्रोही गिरीले दुर्इ हजार पाँच सय ५० मत प्राप्त गरेका थिए।

उपाध्यक्षमा नेपाली काँग्रेसकी मैना विकले चार हजार छ सय ५३ मत प्राप्त गरेकी छिन्। निकटम् प्रतिद्वन्दी नेकपा एमालेकी पार्वती थापाले दुर्इ हजार छ सय १३ मत ल्याइन् ।विनयी त्रिवेणी गाउँपालिकामा काँग्रेसका डम्बर जिसीले पाँच हजार चार सय ४० मत प्राप्त गर्दै अध्यक्षमा र काँग्रेसकै मीना रानाले चार हजार सात सय ८१ मतका साथ उपाध्यक्षमा विजयी भए।

हुप्सेकोट गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिला उम्मेदवार विजयी भएका छन् । काँग्रेसकी लक्ष्मी पाण्डे अध्यक्षमा र एमालेकी स्वतन्त्र कोपिला मल्ल उपाध्यक्षमा वियजी भइन् ।

अध्यक्षमा काँग्रेसकी लक्ष्मी पाण्डेले चार हजार नौ सय ९२ मत प्राप्त गरी विजयी भएकी हुन्। पाण्डेका निकटम् प्रतिद्वन्दी मेघबहादुर पुलामीले चार हजार तीन सय ५८ मत प्राप्त गरेका छन्।

- रामकुमार श्रेष्ठ