उपाध्यायलाई गण्डकी वाङ्मय पुरस्कार

पोखरा, ३ जेठ। प्रगतिशील साहित्यकार गोपीरमण उपाध्यायलाई गण्डकी वाङ्मय पुरस्कार प्रदान गरिने भएको छ।

गण्डकी साहित्य सङ्गम पोखराले बुधबार पत्रकार सम्मेलन गरेर यसपटक उक्त पुरस्कार उपाध्यायलाई प्रदान गरिने जनाएको हो ।

सङ्गमकी कोषाध्यक्ष विजया सुवेदीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले २०७३ सालको गण्डकी वाङ्मय पुरस्कार उपाध्यायलाई प्रदान गर्ने निर्ण गरेको हो।

जेठ ८ गते प्रदान गरिने पुरस्कारको राशी १५ हजार रुपैयाँ छ। २०४९ मा स्थापना भएको गण्डकी वाङ्मय संगमले २०५२ देखि हरेक २ वर्षमा गोकुल वाङ्मय पुरस्कार तथा गण्डकी वाङ्मय पुरस्कार प्रदान गर्दै आएको छ।

२००३ जेठ ११ गते स्याङ्जाको किचनासमा जन्मिएका प्रगतिवादी साहित्यकार उपाध्यायले साढे तीन दशकदेखि निरन्तर मार्क्सवादी साहित्यको अनुवाद तथा लेखन कार्य गर्दै आएका छन्।

२०३६ मा र्ँदर्शनको विकास क्रम’ नामको पहिलो कृतिको रचना गरेका उपाध्यायको आधा दर्जन बढी राजनीतिक शब्द परिचयलगायत मार्क्सवाद लेनिनवादी दर्शन (मिखाइल सोलोखोभ) लगायत मार्क्सवादी कृति प्रकाशनमा आएका छन्। उपाध्यायले दैनिक निर्ण, दैनिक लुम्बिनी र बौद्धिक जगतलगायत पत्रपत्रिकाको सम्पादन गरेका छन्।  यसअघि, उपाध्यायले सुकमाया लामिछाने बालसाहित्य पुरस्कार (०६०) र सिर्द्धार्थ शुक्ला वाङ्मय पुरस्कार (०६४) लगायतका पुरस्कार पाइसकेका छन्।

यसअघि, गण्डकी साहित्य पुरस्कारद्वारा भेषराज शर्मा ०५३, भवानीप्रसाद पाण्डे ‘भाष्कर’ ०५५, दिल साहनी ०५७, कुलबहादुर केसी ०५९, नुमराज बराल ०६१, केदार शर्मा ढकाल ०६३, कुलप्रसाद खनाल ०६५, देवेन्द्र लम्साल ०६७, रविलाल अधिकारी ०६९ र पोषराज पौडेल ०७१ सम्मानित भइसकेका छन्।

त्यसैगरी, सङ्गमद्वारा प्रदान गरिएको गोकुल साहित्य पुरस्कार पाउने स्रष्टाहरुमा देवीप्रसाद किसान ‘केवलपुरे’ ०५२, खगेन्द्र संग्रौला ०५४, गोविन्द भट्ट ०५६, श्यामप्रसाद शर्मा ०५८, रमेश विकल ०६०, निनु चापागाई ०६२, मोहन वैद्य ‘चैतन्य’ ०६४, आनन्ददेव भट्ट ०६६, घनश्याम ढकाल -मरणोपरान्त) ०६८, मोदनाथ प्रश्रति ०७० र हरिहर खनाल ०७२ छन्।

- अादर्श समाज सम्वाददाता