मतगणना जारी, एमाले अग्रता कायमै

काठमाडौं, २ जेठ । स्थानीय तहको निर्वाचनको मतगणना जारी रहँदा दुर्इ ५७ स्थानीय तहमध्ये ४२ भन्दा बढीको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

मतगणना सम्पन्न भएकामध्ये नेकपा एमाले पहिलो स्थानमा कायमै रहेको छ भने काँग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छ । अन्यमा एक स्वतन्त्रबाहेक हालसम्म अन्य दलले कुनै पनि स्थानीय निकायमा जीत हात पार्न सकेका छैनन् । वडा अध्यक्ष र सदस्यहरुमा भने केही साना दलले बाजी मारेका छन् ।

मंगलबार रातिसम्मको मतगणना परिणामअनुसार ४२ वटा स्थानीय तहमध्ये एमालेले १६ वटामा जीत हात पारेको छ । यस्तै, काँग्रेसले १४ स्थानीय तह र माओवादी केन्द्रले ११ तहमा जीत हासिल गरेको छ । यी परिणामको निर्वाचन आयोगले आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।

मतगणना जारी रहेका स्थानीय तहमा पनि एमालेले बहुसंख्यक स्थानीय तहमा अग्रता कायम गरिरहेको जिल्लास्थित संवाददाताले जनाएका छन् । मतगणना जारी रहेका स्थानीय तहहरुमध्ये एमाले पाँच, काँग्रेस ६६ र माओवादी केन्द्र २८ स्थानीय तहमा अग्रता कायम गरेका छन् । यस्तै, राप्रपा, संघीय समाजवादी र स्वतन्त्र प्यानलले पनि केही स्थानमा अग्रता कायम गरेका छन् ।

एमालेले जितेका स्थानीय तहमा महांकाल गाउँपालिका, ललितपुर, नारायण नगरपालिका दैलखे, देवघाट गाउँपालिका तनहुँ, गोसाइँकुण्ड गाउँपालिका, रसुवा, शे-फोक्शुण्डो गाउँपालिका डोल्पा, ठूली भेरी नगरपालिका, डोल्पा, काइके गाउँपालिका, डोल्पा, शिवालय गाउँपालिका, जाजरकोट चामे गाउँपालिका, मनाङ, नेस्याङ गाउँपालिका, मनाङ, घरपझोङ गाउँपालिका, मनाङ, मादी गाउँपालिका, कास्की, ढोरचौर गाउँपालिका, सल्यानलगायत छन् ।

यस्तै, काँग्रेसले जितेका स्थानीय तहमा कुशे गाउँपालिका, जाजरकोट, बुङदीकाली गाउँपालिका, नवलपरासी, तमानखोला गाउँपालिका, बाग्लुङ, नाशोङ गाउँपालिका, मनाङ, नार्फु गाउँपालिका, मनाङ, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ, थासाङ गाउँपालिका, मुस्ताङ, लोमन्थाङ गाउँपालिका, मुस्ताङ, डुंगेश्वर गाउँपालिका, दैलेख, पाताराशी गाउँपालिका, जुम्ला छन् ।

यसैगरी, माओवादी केन्द्रले जितेका स्थानीय तहमा कोन्जेसोम गाउँपालिका ललितपुर, मरिन गाउँपालिका सिन्धुली, मुड्केचुला गाउँपालिका, डोल्पा, जगदुल्ला गाउँपालिका, डोल्पा, गुठीचौर गाउँपालिका, जुम्ला, हिमा गाउँपालिका, जुम्ला, सान्नी त्रिवेणी गाउँपालिका, कालिकोट, सानीभेरी गाउँपालिका, रुकुम, ताँजाकोट गाउँपालिका, हुम्ला रहेका छन् ।

मतगणना जारी रहेका स्थानीय तहमध्ये चार वटा महानगरपालिकामा यतिबेला सबैको ध्यान केन्द्रीत भएको छ । कास्कीको लेखनाथ पोखरा, चितवनको भरतपुर, ललितपुरको ललितपुर र काठमाडांैको काठमाडांै महानगरिपालिकामा कस्को नेतृत्वमा स्थानीय सरकार गठन हुने होला भन्ने चासो सबैमा देखिएको छ । चारवटै महानगरिपालिकाको प्रारम्भिक मतगणना परिणाममा एमालेका उम्मेदवार अगाडि देखिएका छन् । काठमाडौ र ललितपुर महानगरिपालिकामा मंगलबार काँग्रेसका उम्मेदवारले पनि अग्रता कायम गरेका थिए । तर, एमाले उम्मेदारले पुनः अग्रता कायम गर्न सफल भएका छन् । काठमाडौंको मतपरिणामको अको रोचक तथ्य के देखिएका छन् भने साना दलहरु साझा पार्टीर विवेकशील दल लोकप्रिय मतसहित आएका छन् । विवेकशील पार्टीका रञ्जु दर्शना र साझा पार्टीका किशोर थापा काठमाडौंको मेयरको उम्मेदवार रहेका छन् । ती दुवैले माओवादी केन्द्रका उम्मेदवारभन्दा अघि छन् ।

- अादर्श समाज सम्वाददाता