माछापुच्छ्रेमा एमालेको अग्रता

पोखरा, २ जेठ। मतदाताको हिसाबले माछापुच्छ्रे गाउँपालिका सबैभन्दा ठूलो हो। माछापुच्छ्रेको मंगलबार अबेरसम्म भएको मतगणनाअनुसार नेपाली काँग्रेसभन्दा एमाले अगाडि छ। एमाले उम्मेदवार कर्ण गुरुङले ३ हजार ८ सय ७९ मत प्राप्त गर्दा काँग्रेसका उम्मेदवार खुसीमान गुरुङले ३ हजार २ सय ७६ मत पाए। माओवादी केन्द्रबाट प्रवीणा अधिकारीले ५ सय ४४, नयाँ शक्तिका उम्मेदवार तोयनाथ लम्सालले १ सय ९ र अखण्ड नेपालका रामबहादुर र्घर्तीको ८८ मत छ। उपाध्यक्षतर्फ एमाले उम्मेदवार कृष्णकुमारी पौडेल दवाडीले ३ हजार ८ सय १४ मत ल्याइन् भने काँग्रेस उम्मेदवार बासुदेव गिरीले ३ हजार २ सय ७६ मत पाइन्। माओवादी केन्द्रका टेकनाथ गौतमले ५ सय ४३, अखण्डकी गंगा र्घर्तीले १ सय १५, नयाँ शक्तिकी सुजिता गुरुङले १ सय १ मत प्राप्त गरेकी छिन्।

१ नम्बर वडामा नेपाली काँग्रेस विजयी भएको छ। वडाध्यक्षमा वीरेन्द्र गुरुङले ४ सय ९२ मतका साथ विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका अनुप गुरुङले ४ सय ७४ मत पाएका छन्। वडा सदस्यमा काँग्रेसका कहिले गुरुङ र एमालेका सुजे गुरुङ विजयी भए। महिला सदस्यमा काँग्रेसकी जुना पुन र दलित महिला सदस्यमा एमालेकी सर्मिला परियार निर्वाचित भएकी छिन्। २ नम्बर वडामा एमालेका उम्मेदवार विजयी भएका छन्। वडाध्यक्षमा विक्रम गुरुङले ७ सय ५४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गुञ्जमान गुरुङले ७ सय ४० मत पाए। वडा सदस्यमा काँग्रेसका भीमबहादुर गुरुङ र गणेश आचार्य, महिला सदस्यमा एमालेकी केश कुमारी गुरुङ तथा दलित महिला सदस्यमा एमालेकै सुनिया परियार निर्वाचित भइन्।

वडा नम्बर ३ मा पनि एमालेका उम्मेदवार निर्वाचित भए। वडाध्यक्षमा सूर्यप्रसाद लम्सालले ५ सय ८० मत पाए भने काँग्रेसका उम्मेदवार हरिचन्द्र लम्सालले ५ सय ५१ मत पाए। खुला सदस्यतर्फ काँग्रेसका प्रेमबहादुर र्घर्ती र रेशमकुमार नेपाली, महिला सदस्यमा एमालेकी धनकुमारी पौडेल र दलित महिला सदस्यमा फूलमाया सार्कीले जितेकी छिन्। ४ नम्बर वडामा एमालेको प्यानल विजयी भएको छ। पूर्ण्ाबहादुर साईले ८ सय ७१ मत प्राप्त गर्दा निकटतम उम्मेदवार काँग्रेसका मधुसुधन अधिकारीले ६ सय ६५ मत पाएका छन्। सदस्यमा शंकर नेपाली र विष्णुप्रसाद पौडेल, महिला सदस्यमा शान्ति अधिकारी तथा दलित महिला सदस्यमा हिरादेवी सुनार निर्वाचित भए।

५ नम्बर वडामा पनि एमालेको प्यानल विजयी भएको छ। जुमबहादुर गुरुङले ४ सय ७७ मत पाउँदा काँग्रेसका उम्मेदवार लालकुमार गुरुङले ३ सय ९१ मत पाए। खुला सदस्यमा आशबहादुर नेपाली र रामबहादुर राना मगर, महिला सदस्य गीता लामिछाने तथा दलित महिला सदस्यमा विवा विक विजयी भएका हुन्। वडा नम्बर ७ मा एमाले प्यानल विजयी भएको छ। वडाध्यक्ष उम्मेदवार समबहादुर गुरुङले ५ सय ९६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका वैकुण्ठ भण्डारीले ४ सय ९ मत पाएका थिए। सदस्यमा बाबुराम भण्डारी र कृष्ण भण्डारी, महिला सदस्यमा रेनुका परियार तथा दलित महिला सदस्यमा देवकुमारी कामी विजयी भैसकेको निर्वाचन अधिकृत गंगाप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार बुधबार बिहान मतगणना सकिनेछ।

- अादर्श समाज सम्वाददाता