काठमाडौं महानगरमा एमालेको अग्रता

काठमाडौं, १ जेठ। काठमाडौं महानगरपालिकाको पछिल्लो मतगणना परिणाम अनुसार नेकपा -एमाले)बाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्य अग्रस्थानमा छन् ।वडा नं १ को २१० मतगणनामध्ये  नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले ५६ मत प्राप्त गरेका गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी गराए ।

राष्ट्रिय सभागृहमा दिउँसो शुरू मत परिणाम अनुसार नेपाली काँग्रेसका राजुराज जोशीले ३६, विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले ३१, साझा पार्टीकातर्फबाट किशोर थापाले  ३५ र नेकपा (माओवादी केन्द्र) का सवोर्त्तम डङ्गोलले पँाच मत प्राप्त गरेका छन् ।

वडा नं १ मा कुल तीन हजार ३६० मतदाता रहेकामा दुर्इ हजार ३३२ मत खसेको थियो।

- रासस