मिस एण्ड मिसेस उपाधि विक र ठकुरीलाई

लमजुङ, २३ वैशाख। मिस एण्ड मिसेस-२०१७ को उपाधि शर्मिला विक र शोभा ठकरीले हात पार्न सफल भएका छन्।

मिस २०१७ तर्फ उपाधि विजेता विकले वेष्ट ट्यालेन्टको उपाधि जितिन्। उक्त इभेन्टमा फस्ट रनरअप सविना रानामगर भइन्। उनले वेष्ट फोटोजेनिक पाइन् भने। सेकेण्ड रनरअप भएकी रेश्मा घिमिरेले वेष्ट पर्सनालिटीको उपाधिसमेत जितिन्।

टफ फाइभमा पर्न सफल अर्पणा भुजेल र  पूणिर्मा तामाङले क्रमशः मोष्ट चार्मिङ र मोष्ट एक्टिभको उपाधि हासिल गरेका थिए।

त्यस्तै, वविता गुरुङले मोष्ट पपुलर र वेष्ट क्वाटवाकको उपाधि जित्न सफल भइन्। मनिसा श्रेष्ठले वेष्ट हेयर, चाँदनी लामाले वेष्ट फेस, वीपना अधिकारीले मोष्ट कन्फिडेन्स, सविना राना वेष्ट फोटो जेनिक तथा रोजिना श्रेष्ठले वेष्ट डिसिप्लेन र वेष्ट डे्रसको उपाधि हासिल गरेको आयोजक संस्थाकी प्रशिक्षक कोरियोग्राफर हिमानी सुब्बाले बताइन्।

मिसेस २०१७ तर्फ उपाधि विजेता ठकुरीले मोष्ट पपुलर र वेष्ट ट्यालेन्टको उपाधिसमेत हासिल गरिन्। फस्ट रनरअपमा रेक्सोना श्रेष्ठ भइन्। उनले मोष्ट चार्मिङ र वेष्ट हेयरको उपाधि जितिन्।

सेकेण्ड रनरअप भएकी ववी श्रेष्ठले वेष्ट फोटो जेनिकको उपाधि आफ्नै पोल्टामा पारिन्।

प्रतियोगितामा वेष्ट स्िकन शर्मिला श्रेष्ठ, वेष्ट पर्सनालिटी गायत्री सुनार, वेष्ट क्वाटवाक रुपमाया तामाङ क्षेत्री, वेष्ट इस्माइल विश्व श्रेष्ठ, वेष्ट डिसिप्लेन तुलसी अधिकारी र वेष्ट डे्रसको उपाधि गायत्री सुनार, मोष्ट एक्टिभ रीता घले भइन्।

प्रतियोगीलाई १५ दिनको प्रशिक्षणमा राखिएको थियो।

इभेन्ट म्यानेेजर कमल खतिवडाले आागमी कार्यक्रममा लागि थप काम गर्ने हौसला मिलेको बताए।

लमजुङमा पहिलो पटक अमेजन इन्टरटेन्टमेन काठमाडौंको आयोजनामा भएको उक्त प्रतियोगितामा निर्णयक नायक सरोज खनाल, नायिक आशीष्मा नकर्मी, कोरियोग्राफर एवं सिनियर मोडल कला सुब्बा, ब्युटिसियन नेपाल-२०१७ की विजेता सुधा गुरुङ र कार्यक्रम संयोजक कमला अधिकारी थिए।

- अादर्श समाज सम्वाददाता