डेभलपमेन्ट बैर्कंर्स एशोसिएसनमा ढकाल

पोखरा, २३ वैशाख। मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत डेभलपमेण्ट बैर्ंकर्स एशोसिएसन नेपालको अध्यक्षमा भरतराज ढकाल निर्वाचित भएका छन्।

एशोसिएसनको काठमाडौंमा शनिबार भएको ११ औं वाषिर्क साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो।

एशोसिएसनको प्रथम उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा साइन रेसुंगा डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, महासचिवमा भिवोर सोसाइटी डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल, सचिवमा फेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, कोषाध्यक्षमा तिनाउ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदीपकुमार श्रेष्ठ निर्वाचित भएका छन्।

सदस्यमा वेस्र्र्टन डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत खिमबहादुर जिसी, सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव प्रधान, कञ्चन डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विरुराम जैसी, कन्काई विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाशमान बज्राचार्य, साहारा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अजितकुमार झा निर्वाचित भएका हुन्।

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले उद्घाटन गरेको उक्त साधारणसभामा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की, विमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईलगायतले शुभकामना मन्तव्य राखेका थिए।

एशोसिएसनका अध्यक्ष कृष्णराज लामिछानेको अध्यक्षतामा कार्यक्रम भएको हो।

- अादर्श समाज सम्वाददाता