कास्की क्रिकेट संघलाई सहयोग

पोखरा, २१ वैशाख। वेलायत स्थित ग्लोशेष्टर क्रिकेट क्लबले कास्की जिल्ला क्रिकेट संघलाई सहयोग प्रदान गरेकोे छ। यस क्षेत्रको क्रिकेट विकासका लागि भन्दै उक्त क्लबले कास्की जिल्ला क्रिकेट संघलाई जर्सीीप्रदान गरेको छ।

क्लबले कास्की जिल्ला क्रिकेट संघलाई रोटरी क्लब अफ व्रिस्टोल युकेका पूर्व अध्यक्ष डा टिम मिचेलमार्फत रोटरी क्लब अफ पोखरा फिस्टेलका पूर्व अध्यक्ष तेज गुरुङलाई सहयोग गर्न जर्सीीपठाएको थियो। कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजु, उपाध्यक्ष देवीप्रसाद गुरुङ क्रिकेटका प्रशिक्षक, खेलाडीलाई संयुक्त रूपमा गुरुङले जर्सीीप्रदान गरेका थिए।

सो अवसरमा संघका अध्यक्ष प्रजुले यस प्रकारको सहयोग क्रिकेट विकासका लागि महत्वपूर्ण रहने बताए।

भूतपूर्व खेलाडि मञ्चका अध्यक्ष समेत रहेका तेज गुरुङले दुवै देश बीचको सदियौं देखि स्थापित सम्वन्ध विकासका लागि यस क्षेत्रको क्रिकेटलाई वेलायत जस्तो क्रिकेटको मातृभुमी सँग जोड्न सहयोग पुग्ने वताए।

उनले आगामी दिनमा समेत ग्लोशेष्टर क्लबले सहयोग गर्न सक्ने वताए। विगत वर्षमा पनि उक्त क्लबले संघलाई खेलकुद सामाग्री सहयोग गरेको थियो।

- एजेन्सी