ओम डेभलपमेन्टको ३१ औ शाखा बुटवलमा

पोखरा, १६ वैशाख। ओम डेभलपमेन्ट बैंकले बुटवलमा ३१ औं शाखा सञ्चालनमा ल्याएको छ।

शाखाको नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय भैरहवाका निर्देशक रेवतीप्रसाद नेपाल तथा ब्रहमाकुमारी विश्व विद्यालय पश्चिमाञ्चलकी सहनिर्देशक ब्रहमाकुमारी कमला दिदीले संयुक्त रुपमा उद्घाटन गरे।

उक्त अवसरमा बैंकले लुम्बिनी वाणिज्य क्याम्पसमा पढ्ने एक विपन्न विद्यार्थीको पठनपाठनको लागि छात्रवृत्ति घोषणा गरेको छ।

प्रत्येक वर्ष क्याम्पसले सिफारिस गरेको विद्यार्थीलाई प्रदान गर्ने गरी उक्त सहयोग क्याम्पस प्रमुख डा इश्वर गौतमलाई हस्तान्तरण गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए।

कार्यक्रममा राष्ट्र बैंकका निर्देशन रेवतीप्रसाद नेपालले राजधानीपछि बुटवल बैंकि· हवको रुपमा विकास भएको बताए।

उनले घरजग्गा रियलस्टेटमा आफ्नो लगानीलाई नियन्त्रण गरि बैंकहरुले उत्पादनशील क्षेत्रमा लगानी गनुपेमा जोड दिए।

बैंकका अध्यक्ष सुशीलकुमार गोशलीले बैंकले अत्याधुनिक सेवासहित बुटवलमा कारोबार शुरु गरेको जानकारी दिँदै ग्राहकमुखी कार्यक्रमलाई आफूहरुले जोड दिएको उल्लेख गरे।

डेभलपमेन्ट बैर्ंकर्स एशोसिएसनका उपाध्यक्ष प्रकाश पौडेलले विकास बैंकहरु आमजनतासँग, गाउँगाउँमा गएर सेवा दिइरहेको हुँदा अझै थप सशक्त, सुदृढ र बलियो भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

- एजेन्सी