पोखरा फाइनान्सका तीन शाखा विस्तार

पोखरा, १६ वैशाख। पोखराको न्यूरोडमा प्रधानकार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले लेखनाथको आदर्शचोक, बिरौटा र वालिङ रामबाच्छा बजारका शाखा विस्तार गरेको छ।

बिरौटा शाखाको उद्घाटन संस्थाका अध्यक्ष भुवनसिं गुरुङले गरेका थिए भने लेखनाथ शाखा र रामबाच्छा शाखा क्रमशः सञ्चालक सुन्दर गुरुङ र अर्जुनकुमार गुरुङले उद्घाटन गरेको  प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले जानकारी दिए।

चुक्ता पुँजी ५५ दशमलव ७४ करोड रहेको उक्त वित्तीय संस्थाले २०७३ चैत्र मसान्तसम्म निक्षेप तीन अर्ब ४३ करोड तथा कर्जा तीन अर्ब २८ करोड एवं सञ्चालन मुनाफा १२ करोड कायम गर्न सफल भएको छ।

संस्थाले चुक्ता पुँ’जी वृद्धिका लागि निकट भविष्यमा नयँ सेयर (एफपिओ) निष्कासनका साथै १५ प्रतिशत हकप्रद सेयरसमेत जारी गर्ने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले जानकारी दिए।

उद्घाटन कार्यक्रमको सञ्चालन कम्पनी सचिव नारायणप्रसाद शर्मा, राजुमोहन भट्टराई र युवराज बोहोराले गरेका थिए।

- एजेन्सी