पोखराका तीन फोटो पत्रकारलाई अवार्ड

पोखरा, १३ वैशाख। राष्ट्रिय फोटो पत्रकार समूहले आयोजना गरेको विभिन्न विधाका पुरस्कारमा पोखराका तीन पत्रकारले अवार्ड जितेका छन्। फोटो पत्रकार सुदर्शन रञ्जित, राम गुरुङ र कृष्णमणि बरालले अवार्ड जितेका हुन्।

समूह २० वर्ष पुगेका अवसरमा फोटो पत्रकारिता दिवस पारी काठमाडौंमा बुधबार आयोजित समारोहमा ‘पाटन प्याथ ल्याब स्वतन्त्र फोटो पत्रकारिता अवार्ड-२०७३’ स्वतन्त्र फोटो पत्रकार राम गुरूङले प्राप्त गरेका हुन्।

त्यस्तै, ‘ग्रेस इनटरनेशनल खेलकुद फोटो पत्रकारिता अवार्ड-२०७३’ पत्रकार सुदर्शन रञ्जित र ‘मेट्स एजुकेशन मोफसल फोटो पत्रकारिता अवार्ड-२०७३’ पत्रकार कृष्णमणि बराललाई प्रदान गरियो । उनीहरुलाई वनमन्त्री शंकर भण्डारी र युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले अवार्डसहित २५ हजार रुपैयाँ हस्तान्तरण गरे।

यस्तै, राष्ट्रिय फोटो पत्रकार समूहले ‘डिमी थापा लाइफ टाइम एचिप्मेन्ट अवार्ड-०७३’ पत्रकार भीम गुरुङलाई प्रदान गरियो।

पहिलोपटक सुरू गरिएको ‘एनटिसी डेली लाइफ फोटो पत्रकारिता अवार्ड-२०७३’ दि हिमालय टाइम्सका फोटो पत्रकार स्कन्द गौतमलाई प्रदान गरियो भने ‘श्रीधरप्रसाद आचार्य कल्चर एण्ड टुरिजम फोटो पत्रकारिता अवार्ड-२०७३’ नेपाल साप्ताहिकका पत्रकार लक्ष्मीप्रसाद ङाखुसी, ‘थाहा अध्ययन प्रतिष्ठान राजनीतिक फोटो पत्रकारिता अवार्ड-२०७३’ पत्रकार निमेष राई र ‘कङ्गारु एजुकेशन अनलाइन फोटो पत्रकारिता अवार्ड-२०७३’ पत्रकार मुकुन्द कालिकोटेलाई प्रदान गरियो ।

त्यस्तै, ‘ग्लोबल आइर्एमई बैंक विजनेश फोटो पत्रकारिता अवार्ड-२०७३’ पत्रकार बालकृष्ण थापा, ‘हेभी हेल्प लिङ्क महिला फोटो पत्रकारिता अवार्ड-२०७३’ पत्रकार बीजु महर्जन, ‘ओल्ड दरबार मनोरञ्जन फोटो पत्रकारिता अवार्ड-२०७३ पत्रकार महेशमान प्रधान, ‘भ्याली ग्रुप एनएफपिजे एक्टिभ मेम्वर फोटो पत्रकारिता अवार्ड-२०७३’ स्वतन्त्र पत्रकार किशोर श्रेष्ठलाई प्रदान गरिएको समूहका अध्यक्ष ध्रुव आलेले जानकारी दिए।

एनएफपिजेले खेलकुद, राजनीति, लाइभटाइम र अन्य गरि १३ विधामा अवार्ड प्रदान गरेको थियो। सबै विधामा पाँच मनोनयनमा परेका थिए।

- अादर्श समाज सम्वाददाता