मिस एण्ड मिस्टर हस्पिटालिटीको ट्यालेन्ट राउण्ड

पोखरा, १२ वैशाख। हस्पिटालिटी क्षेत्रलाई लक्षित गर्दै नेपालमै पहिलोपटक आयोजित मिस एण्ड मिस्टर हस्पिटालिटी नेपालका प्रतियोगीले ट्यालेन्ट कन्टेष्टमा प्रस्तुत भएका छन्।

छनोटमा परेका ३० जनाले ट्यालेन्ट प्रस्तुत गरेका थिए। प्रतियोगितामा जेसिज क्लबका पूर्व अध्यक्ष सन्तोष पोख्रेल, होटल बाराहीका सिस्टम डेभलमेन्ट हेड प्रदीप न्यौपाने, महिला उद्यमी इसा अर्गवाल, सेल्क इन्टरनेशनल र मिस पोखरा २०१३ फष्ट रनरअफ शोभा केसी, एस टु प्रोडक्सनका प्रमुख सिनियर फोटोग्राफर सुरज श्रेष्ठ निर्णायक थिए। ट्यालेन्टको उपाधि फाइनलमा दिइनेछ।

प्रतियोगिताको ग्राण्ड फिनाले वैशाख १५ मा पोखरा ग्रान्ड होटलमा हुने एपि इन्टरटेन्मेन्टका प्रबन्ध निर्देश अर्जुन पाण्डेले बताए।

- एजेन्सी