चोकोफनलाई अन्तर्राष्ट्रिय अवार्ड

पोखरा, १२ वैशाख।सुजल फुड्सअन्तर्गतको सर्वाधिक लोकप्रिय चकलेट ब्राण्ड चोकोफनलेे विश्वमै प्रतिष्ठित डीएलजी अवार्डको सम्मान प्राप्त गरेको छ।

१७ वर्षदेखि नेपालभरका बालबालिकालाई रमाइलो स्वाद अनि खुशी पस्कदै आएको चोकोफनले ख्यात्रि्राप्त डीएलजी सिल्भर एवार्ड प्राप्तिबाट यसको विश्वस्तरीय क्वालिटी अन्तर्राष्ट्रियरुपमा प्रमाणित भएको छ। यो अवार्ड जर्मनद्वारा प्रदान गरिने वाषिर्क अवार्ड हो। जुन सेनसरी परीक्षणपछि योग्य ठहरिएको र डीएलजीको कडा गुणस्तर मापदण्ड पूरा गर्ने फुड एण्ड वेभरेजलाई मात्र प्रदान गरिन्छ। वर्षेनी विश्वभरका २७ हजार बढी ब्राण्ड तथा प्रोडक्ट उक्त अवार्डको प्राप्तिका निम्ति प्रतिस्पर्धा गर्ने गर्दछन्।

कच्चा पदार्थ र उत्पादन प्रक्रियालगायत गुणस्तरको मापदण्डको समेत कडा परीक्षणपछि मात्र उपलब्ध हुने उक्त अवार्डबाट सम्मानित भएको गौरवमय अवसरमा कम्पनीले यस उपलब्धिको श्रेय आफ्ना ग्राहक, वितरक तथा शुभेच्छुकलाई दिँदै हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

सुजल फुड्स प्रालिका मार्केटिङ विभागद्वारा जारी विज्ञप्तिमा यस उपलब्धिबाट झनै प्रेरित भई भविष्यमा पनि निरन्तर उत्कृष्टता पस्कदै जाने प्रतिबद्धता व्यक्त गरिएको छ।

चोकोफनले तीन तहको क्रन्ची-क्रिस्पी वेफर, चकलेट क्रिम तथा स्वादिलो वाक्लो चकलेट मिठास पस्किदैआएको छ।

नेपालकै सबैभन्दा ठूलो तथा अग्रणी कफेक्सनरी उत्पादन कम्पनी सुजलले सन् १९९९ मा पाँच रुपैयाँ मूल्यमा बजारमा प्रथम पटक चोकोफन बजारमा ल्याएको हो। यो उक्त कम्पनीको सर्वाधिक लोकप्रिय उत्पादन बन्न सफल भएको ब्राण्ड हो।

लक्ष्मी ग्रुपको भातृसंस्था सुजल फुड्स प्रालिले अन्तर्राष्ट्रियस्तरको वेफर, क्याण्डी, बबल गम, स्िटक गम बनाउँदै आएको छ। जसमध्येका उत्कृष्ट उत्पादन चोकोफन, क्रेभ, रसिलो क्याण्डी, क्याण्डीम्यान, प|mेसोलगायते उपभोक्ताले मन जित्दै आएका छन्।

- अादर्श समाज सम्वाददाता