रेडियो अन्नपूर्णको १६ औं वाषिर्कोत्सव

पोखरा, १२ वैशाख। रेडियो अन्नपूर्णर्ले मंगलबार आफ्नो १६ औँ वाषिर्कोत्सव मनाएको छ।

२०५८ साल वैशाख १२ देखि पोखराबाट सञ्चालन हुँदै आएको रेडियोको वाषिर्कोत्सव संस्थापक अध्यक्ष एवं पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले केक काटेर उद्घाटन गरे।

रेडियोका प्रबन्ध निर्देशक सुनयना पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष पालिखेले आवाजविहीनको आवाज बन्न रेडियो सफल भएको बताए। रेडियोका प्रबन्ध निर्देशक सुनायना पालिखेले टिमवर्ककै कारण रेडियो यहाँसम्म आइपुगेको बताउँदै आगामी दिनमा पनि रेडियोलाई थप उचाईमा पुर्‍याउन सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।

रेडियोका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले रेडियोको सफलतासँग त्यसमा आवद्ध कर्मचारीको पनि सफलता गाँसिने बताउँदै निष्पक्ष र तटस्थ रुपमा आफूहरु अघि बढेको जानकारी दिए।

उक्त अवसरमा रेडियोले प्रत्येक वर्ष प्रदान गर्दै आएको वर्षको सवोर्त्कृष्ट अन्नपूर्णकर्मी अवार्डबाट यस वर्ष कार्यालय सहयोगी इन्द्रा राना सम्मानित भएकी छन्। रानालाई १० हजारसहित सम्मानपत्रद्वारा सम्मान गरियो।

- एजेन्सी