थापा मिस कल्चर पश्चिमाञ्चल

पोखरा १०, वैशाख।प्रथम मिस कल्चर पश्चिमाञ्चल २०१७ को उपाधि स्याङ्जाकी मञ्जु थापाले हात पारेकी छिन्।

उनले वेष्ट हेयरसमेत हात पार्न सफल भइन्। विजेता थापाले सुजुकी स्कुटरसहित जाइडस वेलनेसले प्रदान गरेको गिफ्ट ह्याम्पर प्राप्त गरिन्।

पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिद्वारा आयोजित कार्यक्रममा फष्ट रनर अप तनहुँकी किरण थापा, सेकेण्ड रनर अप पर्वतकी पुनम गुरुङ, थर्ड रनर अप कास्कीकी सरिता तामाङ, फोर्थ रनर अप स्याङ्जाकी कालिका जिटी, भ्यूवर च्वाइस विनिता तिमिल्सिना र अर्गनाइजर च्वाइस एन्जिला अधिकारीले जित्न सफल भएका छन्।

प्रतियोगितामा मस्ट इन्टिलिजेन्ट/वेष्ट स्माइल रिना क्षेत्री, वेष्ट क्याट वाक तारा थापा, वेष्ट प्रसनालिटि/स्किन सविता पौडेल, वेष्ट फिगर एन्जिला अधिकारी, मष्ट युनिक/क्रियटिभ मालती कार्की, मष्ट व्यूटिफूल पुनम गुरुङ, मष्ट हेल्पफूल सरिता तामाङ, मष्ट कन्फिडेन्स/पपुलर विनिता तिमिल्सिना, मष्ट फ्रेन्डली लता जोशी, वेष्ट क्लचरल ड्रेस मिना श्रेष्ठ घोषित भए।

‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूलनाराकासाथ आयोजित प्रतियोगितामा १४ जना फाइनल प्रतिस्पर्धामा उत्रिएका थिए।

२७ जना अविवाहित युवतीबाट शुरु भएको कार्यक्रम विगत दुर्इ महिनादेखि सञ्चालन हुँदै आएको थियो। फाइनल प्रतिस्पर्धीले नेपालका लोपोन्मुख जातजातिका भेषभुषा झल्काएका थिए।

कार्यक्रमको उद्घाटन गर्दै शारादा पौडेलले विविधतामा एकता भएको मुलुकमा यस प्रकारको कार्यक्रमले सांस्कृति जर्गेना गर्न सहयोग पुग्ने बताई। परम्परा र संस्कृतिको जगेर्ना गर्न सकेमा नेपाली संस्कृतिको अन्य देशमा पनि प्रवर्द्धन गर्न सकिने उनको भनाई थियो।

पुष्पाञ्जली फेसन एण्ड इभेन्टकी अध्यक्ष शोभा गौतमले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जानकारी दिइन्। सो अवसरमा पोखरा क्रियाशील विभिन्न आमा समूहलाई सम्मान गरिएको थियो।

जसमध्ये बंग्लादी आमा समूह वडा नं. ६, म्याग्दीटोल आमा समूह वडा नं. १३, अमरसिंह महिला समूह वडा नं. १०, कालिका मन्दिर परिसर आमा समूह वडा नं. १०, सेराजाग्रीत आमा समूह वडा नं. १७, ढिकालेथर आमा समूह वडा नं. १२, सक्षम आमा समूह वडा नं. १७, शान्ति दर्शन महिला समूह वडा नं. ९, शान्ति समूह वडा नं. १६, जनजागृत आमा समूह वडा नं. १५ रहेका छन्।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत अनन्त कोइराला, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, मुख्य प्रायोजक गोर्खा ब्रुअरीका सेल्स म्यानेजर चक्र बोहरा, म्यानेजर सुमन रेग्मी, लक्ष्मण श्रेष्ठ, सहप्रायोजक बायो-टिचका जितबहादुर केसी, मेकअप पार्टन जाइडस वेलनेसका कन्टि्र म्यानेजर कैलाश घिमिरे, सेल्स म्यानेजर सन्तोष सापकोटा, गोल्डेन न्यूजका प्रमुख गंगाधर पराजुली, बार्दली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रेशम सापकोटा, एनबीजेके सप्लायर्सका प्रमुख जनक काफ्ले, गोर्खा एण्ड बराह जोर्लर्सका प्रमुख हरि धमला, सेलुड गोर्खा ट्रेनि· सेन्टरका प्रमुख राहुल पाण्डे, सल्लाहकार सन्तुमाया लामिछाने, ऋषि आचार्य, मेनका पौडेल लगायतले बोलेका थिए।

प्रतियोगिताको निर्णयकमा पोखरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सुनिल मसााी, ह्याप्पी बोर्र्डिङ स्कुलका प्रिन्सिपल कविराज बराल, मिस क्लचर नेपाल २०१६ की बिजेता पवित्रा लामिछाने, मिसेस कल्चर नेपाल २०१६ कि बिजेता प्रतिमा शर्मा आचार्य रहेको कार्यक्रम संयोजक दिनेश शर्माले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता