अनेरास्ववियु पिएनको शुभकामना

पोखरा ६ वैशाख। अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ।

प्रमुख अतिथि एमाले पोलिट्व्यूरो वैकल्पिक सदस्य तुलबहादुर गुरुङले कसैले पनि निर्वाचन रोक्ने धृष्टता नगर्न चेतावनी दिए।

जसरी पनि बैशाख ३१ मै निर्वाचन गर्नुपर्ने भन्दै उनले सरकार निर्वाचन सार्ने षड्यन्त्रमा लागेको आरोप लगाए। यदि अहिले निर्वाचन नभए अनन्तकालसम्म पनि निर्वाचन नहुने खतरा भएको दाबी गरे।

पृथवीनारायण क्याम्पस प्रमुख देवेन्द्रबहादुर लामिछानेले विद्यार्थीले कहिले पनि भोलि पछुतो नहुने गरी विवेकशील कार्य गर्नुपर्ने बताउँदै विद्यार्थी अध्ययनशील, अनुशासित हुनुपर्ने बताए।

कार्यक्रमको अध्यक्षता समेत गरेका क्याम्पस कमिटीका संयोजक राजन शर्मा पराजुलीले अहिले सचेत युवा विद्यार्थी आफ्नो ठाउँमा एमालेको माहोल बनाउन नलागे समृद्धिको विकास चाहना अपूरो हुने र यो देश जोगाउने राष्ट्रवादी भूमिका अनेरास्ववियुले खेल्नुपर्ने बताए।

- अादर्श समाज सम्वाददाता