ड्यामसाइड टोल विकास संस्थामा श्रेष्ठ

पोखरा, ५ वैशाख। ड्यामसाइड टोल विकास संस्थाको १६ औं साधारणसभा तथा आठौं अधिवेशनले शिवमाया श्रेष्ठको अध्यक्षतमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा जमुना भट्टराई, सचिवमा शोभा श्रेष्ठ, कोषाध्यक्षमा अम्बिका थापा, सहकोेषाध्यक्षमा कविता बराल र सदस्यमा कृष्णकुमार श्रेष्ठ, सुनिल हिराचन, शान्ति थापामगर, गीता परियार, बुद्धिमाया तामाङ र शुष्मा सापकोटा रहेका छन्।

सल्लाहकारमा वेदु सापकोटा, संरक्षकमा विष्णुराज बराल, कल्पना श्रेष्ठ, ऋण समितिको संयोजकमा दुर्गा लिगल, सदस्यमा शिवजी बराल र दयाशंकर रजक, सह-व्यवस्थापकमा कमला भट्टराई र लोकबहादुर बराल छन्।

कार्यक्रमको ज्येष्ठ नागरिक रनकुमारी गुरुङले उद्घाटन गर्दै मेलमिलापबाट नै विकास निर्माणको कार्य अगाडि बढाउन सकिने बताइन्।

कार्यक्रममा सक्रिय सदस्यको तर्फबाट वेदु सापकोटालाई कदरपत्र प्रदान गरिएको थियो भने ज्येष्ठ नागरिक रनकुमारी गुरुङ र संरक्षक शोभा श्रेष्ठका छोरा राजीन श्रेष्ठलाई एसएलसीमा उत्कृष्ट भएकोमा सम्मानपत्रसहित सम्मान गरिएको थियो।

सचिव हरिकुमार श्रेष्ठको प्रगति प्रतिवेदन र कोषाध्यक्ष शिवमाया श्रेष्ठको आर्थिक प्रतिवेदन सभाले पारित गरेको छ।

कार्यक्रममा संरक्षक विष्णुराज बराल, कल्पना श्रेष्ठ र शोभा श्रेष्ठले बोलेका थिए। संस्थाकी अध्यक्ष शिवजी बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष वेदु सापकोटाले स्वागत र सञ्चालन सचिव हरिकुमार श्रेष्ठले गरेका थिए।

- एजेन्सी