पोखरामा रक बार

पोखरा, ५ वैशाख। नयाँ वर्षको शुरुवातसँगै पोखरा लेखनाथ महानगरपालिका वडा नं ६ मा युवा व्यवसायीहरुले पोखरामा नै पहिलो पटक रक बार सञ्चालनमा ल्याएका छन्।

छ जना युवा व्यवसायीको टोलीले लेकसाइडको सेन्टर प्वाइण्टमा रोलिङ स्टोन्स् रक बार सञ्चालनमा ल्याएका हुन्। बारमा पोखराका सञ्जीव बास्तोला, रोशनजंग कार्की, लोमस बसेल, सविन कोइराला, आशीभजंग कार्की र विराज केसीको लगानी छ। सञ्चालकमध्ये एक सञ्जीव बास्तोलाले लाइटिङ, म्यूजिक र डिजाइन दृष्टिकोणले आफ्नो बार उत्कृष्ट रहेको दाबीे गरे। उनले रक गीतका पारखीका लागि बार गन्तब्य बन्ने विश्वास व्यक्त गरे।

बार एक सय ६० जनासम्मले बसेर खान मिल्ने छ भने चार सय बढीले उभिएर सांगीतिक कार्यक्रम हेर्न सक्ने छन्।

- अादर्श समाज सम्वाददाता