पोले २७ मा काँग्रेसबाट वडाध्यक्षमा पूर्ण

लेखनाथ, ५ वैशाख। स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ ले वडाध्यक्ष पदका लागि पूर्णकुमार गुरुङ (काइला) लाई सिफारिस गरेको छ।वडा नं २७ का संयोजक सुवेदार जगबहादुर गुरुङको अध्यक्षतामा मंगलबार बसेको बैठकले क्षेत्रीय प्रतिनिधि रहेका गुरुङलाई काँग्रेसको तर्फबाट वडाध्यक्ष पदमा उठाउने सिफारिस गरेको हो। बाँकी महिला र खुल्ला सदस्य उम्मेद्वारको चयन पछि गरिने भएको छ।

- अादर्श समाज सम्वाददाता