आँधीखोला ओहिया कप आरम्भलाई

पोखरा, ५ वैशाख। परिवर्तन युवा क्लब स्याङ्जाको आयोजनामा भएको दोस्रो आँधीखोला ओहिया कप खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरम्भ निर्माण सेवाले हात पारेको छ।

फाइनलमा मडुवा युवा क्लबलाई २५-१६, २५-२० र २५-१४ को सोझो सेटमा पराजित गर्दै आरम्भले उपाधि हात जितेको हो।

प्रमुख अतिथि युवा उद्यमी रोडशो रियल स्टेट प्रालिका निर्देशक तथा माछापुच्छ्रे ब्रिक फ्याक्ट्री प्रालिका कार्यकारी अधिकृत खेमबहादुर गुरुङ (उत्तम) ले विजेता आरम्भलाई ५० हजार उपविजेता मडुवालाई २५ हजार रुपैयाँसहित शिल्ड, ट्रफी तथा प्रमाणपत्र प्रदान गरे ।

क्लबका अध्यक्ष मनोज कार्कीको अध्यक्षतामा भएको प्रतियोगिता रवीन्द्र क्षेत्रीको ब्यवस्थापनमा भएको थियो।

- एजेन्सी