नेवाः पुच नयाँसडकमा श्रेष्ठ

पोखरा, ५ वैशाख। नेवाः पुच नयाँ सडक पोखराको अध्यक्षमा संगीतकर्मी श्यामलाल श्रेष्ठ चयन भएका छन्।

समितिको उपाध्यक्षमा रमेश बाटाजु, सचिवमा कृष्णप्रसाद मसारी र कोषाध्यक्षमा मनोहर श्रेष्ठ चयन भए। सदस्य केशव मर्सारी, मनोज श्रेष्ठ, सुरेश लिगल, विमला श्रेष्ठ र सुशील श्रेष्ठ छन्।

नेवाः पुच नयाँसडक अध्यक्ष भवानीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो।

- अादर्श समाज सम्वाददाता