पोविमा एमएस्सी स्ट्रक्चरल इञ्जिनियरिङ कक्षा

पोखरा, ४ वैशाख। पोखरा विश्वविद्यालयका उपकुलपति प्रा चिरञ्जीवीप्रसाद शर्माले पोखरा विश्वविद्यालयको स्तरोन्नतिका लागि समयसापेक्ष कार्यक्रम सञ्चालन गर्दै लैजाने प्रतिबद्धता जनाएका छन्।

एमएस्सी स्ट्रक्चरल इञ्जिनियरिङका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको एकदिने अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै उनले त्यस्तो बताएका हुन्।

शिक्षण सिकाई र अनुसन्धान गतिविधिमा लक्षित गरी आयोजित उक्त अभिमुखीकरण कार्यक्रममा उनले सबैको साथ र सहयोग प्राप्त भएमा अन्य विधामा पनि नयाँ कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार गोविन्दप्रसाद शर्मा, स्कुल अफ इञ्जिनियरिङका डीन इ बुद्धिराज जोशी, स्कुल अफ इञ्जिनियरिङका स्कुल निर्देशक इ अर्जुन गौतम, स्कुल अफ इञ्जिनियरिङका प्राडा टेकराज ज्ञवाली र पोखरा विश्वविद्यालय एन आइटेक परियोजनाका निर्देशक प्राडा योन सिकहानले बोलेका थिए।

विनासकारी भूकम्पपछिको विषम परिस्थितिमा देशको पुनःनिर्माणका सर्न्दर्भमा स्ट्रक्चरल इञ्जिनियरिङको उपादेयता र महत्व बढ्न गएकोले विश्वविद्यालयले उक्त विषयमा पठनपाठन शुरु गरेको हो।

विश्वविद्यालयमा प्रथम पटक आंगीक कार्यक्रम रूपमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। हाल उक्त कार्यक्रममा कुल १५ जना विद्यार्थी भर्ना लिई पठनपाठन शुरु गरिएको छ।

अभिमुखीकरण कार्यक्रमलाई प्राडा पद्यबहादुर शाही,र्र् इ सन्तोष श्रेष्ठ, पुल्चोक क्याम्पसका डा इन्द्रप्रसाद आचार्य, पुल्चोक क्याम्पस, प्राडा किम, एनआइटेक परियोजना,र्र् इ महेन्द्रबहादुर गोदार, पोखरा लेखनाथ महानगरपालिका, प्राडा गोकर्णबहादुर मोत्रा, प्राचार्य, पुल्चोक क्याम्पसका डा हेमचन्द्र चौलागाईलगायतले सहजीकरण गरेका थिए।

- अादर्श समाज सम्वाददाता