संगम र सत्य क्वाटरफाइनलमा

पोखरा, ४ वैशाख। शुभकामना कप नकआउट फुटबल प्रतियोगितामा संगम युवा क्लब र सत्य युवा क्लब बाँझापाटन क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

गौरीशंकर खेलमैदान (गैरी)मा सोमबार भएको पहिलो खेलमा स्याङ्जा-११ ले वाकओभर दिएपछि संगम युवा क्लबको क्वाटरफाइनल यात्रा सहज बन्यो भने अको खेलमा सत्य युवा क्लबले खैरेनीटार युवा क्लबलाई ६-१ को फराकिलो गोलअन्तरले पराजित गरी अन्तिम आठमा पुग्न सफल भएको हो।

उक्त खेलमा जीतका लागि विदेशी खेलाडी सामसूर्कले हृयाटि्रक, अजय विकले दुर्इ र प्रवीण गुरुङले एक गोलको योगदान दिए । खैरेनीटारको लागि विजय आलेले सान्त्वना गोल गरे। खेलमा सत्य युवा क्लबका सामसूर्क म्यान अफ दि म्याच घोषित भए।

योसँगै पहिलो चरणका खेल सकिएका छन्। मंगलबारदेखि क्वाटरफाइनलका खेल हुने आयोजक हेमजा युनाइटेडका अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीले जानकारी दिए।

मंगलबार पहिलो क्याटरफाइनल आयोजक हेमजा युनाइटेड र लेकसाइड क्लब तथा दोस्रो क्वाटरफाइनल विष्णुपादुका क्लब हेमजा र सहारा क्लब पोखराबीच हुने क्लबका कोषाध्यक्ष इन्द्र कुँवरले जानकारी दिए।

‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मूलनाराका साथ आयोजित प्रतियोगिता बैशाख ९ सम्म चल्ने छ।

- अादर्श समाज सम्वाददाता