ट्युव-टायर मर्मत व्यवसायी एशोसिएशनमा राना

पोखरा, २ वैशाख। ट्युव टायर मर्मत व्यवसायी एशोसिएसनको अध्यक्षमा पुनः नरबहादुर राना चयन भएका छन्।

समितिको पोखरामा शनिबार भएको १२ औं वाषिर्क साधारणसभा तथा छैटौं अधिवेशनले रानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। नौ सदस्यीय समितिको कार्यकाल २ वर्षको हुनेछ।

समितिको उपाध्यक्षमा चन्द्रेश्वर बस्ताकोटी, सचिवमा सुरेश लामिछाने, सहसचिवमा काजिमान बिक, कोषाध्यक्षमा श्यामबहादुर खड्का तथा सदस्यमा योगेन्द्र उपाध्याय, भैरवराज नेपाली, रामचन्द्र गिरी, गणेश रानामगर, मेघराज नेपाली, रामचन्द्र गिरी, गणेश रानामगर छन्।

यस्तै, वरिष्ठ सल्लाहकारमा वसन्तराज बस्ताकोटी, सल्लाहकारमा रामचन्द्र बानियाँ, चन्द्रबहादुर लामा, प्रभात खैजु चयन भए।

यसअघि साधारणसभा उद्घाटन गर्दै प्रमुख अतिथि स्रि्रदी ट्रेडिङ प्रालिका डिजिएम युवराज बुढाथोकीले सबै ट्युुव तथा टायर मर्मत गर्ने व्यवसायी एक भएर अघि बढ्नुपर्ने बताए। उनले एकताबद्ध भएमात्र आफ्नो कार्य सिलसिलामा आइपर्ने समस्या समाधान गर्न सकिने उल्लेख गरे। सो अवसरमा शंकर टायर रिसोलिङका प्रोप्राइटर युवराज बुढाथोकी, वरिष्ठ सल्लाहकार वसन्तराज बस्ताकोटीलगायत बोलेका थिए।

एशोसिएसनका अध्यक्ष वसन्तराज बस्ताकोटीको अध्यक्षतामा भएको साधारणसभामा सचिव चन्द्रेश्वर बस्ताकोटीले वाषिर्क प्रतिवेदन तथा कोषाध्यक्ष हरिबहादुर रानामगर आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

- अादर्श समाज सम्वाददाता