मातृभूमि सहकारीको क्यालेण्डर विमोचन

पोखरा, २ वैशाख । तनहुँ सर्म्पर्क समाज पोखराद्वारा स्थापित मातृभूमि बचत तथा ऋण सहकारी संस्थाद्वारा प्रकाशित वाषिर्क क्यालेण्डर विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न भएको छ।

कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा वुद्धिबहादुर थापाले समाजले सामाजिक सदाशयता र जिल्लाबासीलाई एकत्रित गरी वित्तीय कारोबारबाट पहिचान स्थापित गर्न सफल रहेको बताए।

उनले भने-’हामी हरेक नयाँ वर्ष भित्ताको पात्रोमात्र परिमार्जित गछौ, तर आफूलाई नयाँ काम गरेर परिमार्जित गर्न सक्दैनौं। त्यसैले हरेक वर्ष नयाँ जोश र जाँगरका साथ नयाँ कामबाट समाज र देशलाई परिमार्जित गर्न अग्रसर हुनुपर्दछ ।’

तनहुँ सर्म्पर्क समाज पोखराका अध्यक्ष शिवराज पौडेलले समाज र सहकारी एक अर्कामा परिपूरक भएको बताउँदै आगामी दिनमा आफूमा भएका ज्ञान, सीप र अनुभव आपसमा बाँडेर संस्थालाई सफल र सबल बनाउन प्रेरित गर्न आवश्यक रहेको बताए।

सहकारीका अध्यक्ष श्रीकान्त शर्मा खतिवडाले सामाजिक र वित्तीय सेवाबाट आफ्ना सदस्यप्रति संस्था सदैव चिन्तनशील रहेको बताउँदै आगामी दिनमा पनि तनहुँको उन्नति र प्रगतिमा लागिरहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सहकारीका सल्लाहकार मुरलीमोहन काफ्ले, उपाध्यक्ष चन्द्रविक्रम अधिकारी, समाजका वरिष्ठ उपाध्यक्ष अम्बिकाप्रसाद भट्टराई, सल्लाहकार डा कर्णयवर पौड्याललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सदस्य अमृत सुवेदीले कविता प्रस्तुत गरेका थिए।

सहकारीका अध्यक्ष श्रीकान्त शर्मा खतिवडाको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव इश्वरप्रसाद सुवेदीले गरेका थिए।

- अादर्श समाज सम्वाददाता