रि युनाइटेडलाई उपाधि

हेमजा, २५ चैत । वीरेन स्मृति ११ औं बिटी कप उपाधि रि युनाइटेडले जितेको छ ।

बुद्घटोल युवा क्लब पोखरा-१, पुरानो टुँडिखेलको आयोजनामा शनिबार भएको फाइनलमा विष्णुपादुका हेमजालाई २-० गोलअन्तरले पराजित गर्दै युनाइटेडले उपाधिसहित एक लाख ११ हजार रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पायो । उसको जीतमा एलेक्स र एलेनले एक एक गोलको योगदान दिएका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा गोलअन्तर दोब्बर पारी जीत सुनिश्चित गरेको हो ।

उपविजेता विष्णुपादुकाले ६० हजार शिल्ड, मेडल र प्रमाणपत्र पायो ।

प्रतियोगितामा वेष्ट मिडफिल्डर बुद्घटोल य¬वा क्लबका संगम दर्जी, सवोर्कृष्ट खेलाडी रि युनाइटेडका हेमन गुरुङ, अनुशासित टिम मालेपाटन फ¬टबल क्लब, सर्वाधिक गोलकर्ता रि युनाइटेडका एलेक्स -१३ गोल), गोलरक्षक विष्णुपादुकाका विशाल पौडेल र वेष्ट डिफेन्स रि य¬नाइटेडका मनबहादुर तामाङ घोषित भए । फाइनल खेलमा म्यान अफ दि म्याच रि युनाइटेडका एलेक्स घोषित भए ।

समापनमा प्रमुख अतिथि सेभेन ए साइड फेडेसनका अध्यक्ष नवीन पुनले प्रतियोगिताको निरन्तरताको कामना गर्दै प्रतियोगिता सफल पार्न आफ्नो तर्फबाट सधैँ सहयोग रहने प्रतिबद्घता ब्यक्त गरे । उक्त अवसरमा स्व वीरेन ग¬रुङका परिवारको तर्फबाट चित्रबहादुर ग¬रुङले पनि बोलेका थिए ।

आयोजकले विभिन्न सांस्कृतिक प्रस्त¬ति राख्नुका साथै र सहयोगदातालाई सम्मानपत्र प्रदान गरेको थियो ।

क्लबका सचिव रेशम सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन क्लबका सदस्य अर्जुन परियारले गरेका थिए । प्रतियोगिताको समापन समारोह क्लब उपाध्यक्ष विजया ग¬रुङको अध्यक्षतामा भएको हो ।

- अादर्श समाज सम्वाददाता