चिप्लेढुंगा-सिर्द्धार्थचोक व्यवसायी समितिमा भुजेल

पोखरा, २६ चैत। चिप्लेढुंगा-सिर्द्धार्थचोक व्यवसायी समितिको प्रथम अधिवेशनले तदर्थ समितिका संयोजक देवबहादुर भुजेल (डिबी) को अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा पूर्णबहादुर थापा, सचिवमा मोति भुजेल, कोषाध्यक्षमा लक्ष्मण न्यौपाने, सहसचिवमा दुर्गा सुनुवार र सहकोषाध्यक्षमा प्रमोद लिगललाई चयन गरेको छ ।

सदस्यमा राजेन्द्र वजिमय, मनोज श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, पिताम्बर लामिछाने, विष्णु अधिकारी, विश्व राना, किरणराज लामिछाने, नवीन श्रेष्ठ, अनिल ढेवाजु छन् ।

सल्लाहकार कृष्णबहादुर गुरुङ, गणेश छवी, लक्ष्मण श्रेष्ठ, बीबी थापा र भूषणमणि पराजुली चयन भए ।

अधिवेशन उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ का संयोजक सञ्जीवबहादुर कोइरालाले ब्यस्त बजार नै अस्तब्यस्त हुने गरी मानवअधिकारचोकमा राजनीतिक पार्टीको कार्यक्रम राख्न नदिन सुझाव दिए । उनले यसका लागि पोखरा उद्योग वाणिज्य संघले नेतृत्व लिएर ब्यस्त बजारको सट्टा प्रदर्शनी केन्द्र, अमरसिंहचौरलगायत वैकल्पिक ठाउँमा कार्यक्रम गर्न दबाब दिनुपर्नेमा जोड दिए ।

तदर्थ समितिका संयोजक भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा सुनचाँदी रत्न तथा आभुषण संघ कास्कीका अध्यक्ष किसान सुनार, जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख विश्वराज अधिकारी, पोखरा उद्योग वाणिज्य संघकी उपाध्यक्ष विन्दु कोइराला सुवेदी, समितिका उपाध्यक्ष पूर्णबहादुर थापालगायतले बोलेका थिए । समितिमा एक सय १५ व्यवसायी आवद्ध छन् ।

- एजेन्सी