पुननिर्माणलाई पहिलो किस्ता

हेमजा, २३ चैत ।अन्नपूर्ण गाउँपालिकाका ५० भूकम्प प्रभावित परिवारलाई पहिलो किस्ताको रकम प्रदान गरिएको छ ।

सोमवार एक कार्यक्रमका बीच राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्द पोखरेलले ५० परिवारलाई प्रति परिवार रु. ५० हजार बराबरको चेक प्रदान गरेका हुन्।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत डा पोखरेलले भुकम्पबाट कम प्रभावित विभिन्न १७ जिल्लाका नागरिकलाई राहत रकम वितरण कार्य सोमवारबाट थालिएको जानकारी दिदै रकमको सही सदुपयोग गर्न आग्रह गरे।उनले दोस्रो किस्तामा डेढ लाख र अन्तिम किस्तामा रु. एक लाख गरी जम्माजम्मी रु. तीन लाख प्रभावित परिवारले पाउने बताए।

सो अवसरमा सांसद सीता गिरी ओली, कास्कीका प्रमुख जिल्ला अधिकारी हरीप्रसाद मैनाली, स्थानीय विकास अधिकारी बलराम ढकाल, गाउँपालिकाका कार्यकारी अधिकृत खेमराज देवकोटा लगायतले भुपम्पको पीडा र रहात रकमको महत्व सम्बन्धमा भनाई राखेका थिए । कार्यकारी अधिकृत देवकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गाँउपालिकाका नासु तोयानाथ तिमिल्सीनाले स्वागत र वडा नं. ६ र ७ का सचिव नारायण क्षेत्रीले कार्यक्रम सञ्चालन गरेका थिए।अन्नपूर्ण गाँउपालिकाका कुल एक सय ६१ प्रभावित मध्ये ५० परिवारलाई पहिलो किस्ता बराबरको रकम वितरण गरिएको गाउँपालिकाका नासु तिमिल्सीनाले बताए।

- अादर्श समाज सम्वाददाता