बिटी कप जारी

हेमजा, २३ चैत ।११ औं संस्करणको बिटी कप २०७३ जारी छ। बुद्घटोल युवा क्लब पोखरा-१, पुरानो टुँडीखेलको आयोजनामा गरेको प्रतियोगिता चैत २६ गतेसम्म स्थानिय टुँडीखेल मैदानमा चल्नेछ ।

प्रतियोगिता अन्तगत बुधवार विभिन्न छ खेल सम्पन्न भएका छन्। जसअन्तगत पोखरा भ्याली स्पोर्टले बिटी हाइटलाई १-०, विष्णुपादुकाले लेक एफसीलाई ५-४, वि १३ विले सिम्पानीलाई १-०, बिटी ब्लूले कस्केरीलाई २-०, संगम एफसीले भदौरेलाई ४-१, तारा एफसीले लामागाँउलाई ७-१ गोलअन्तरले  बिजयी हुन सफल भएका छन्। मौसम प्रतिकुलताका कारण बुधवार पूर्व निर्धारित मालेपाटन र एकता एवम् रि युनाइटेड र बि १३ ए बीचका खेल सम्पन्न हुन नसकेको प्रचारप्रसार संयोजक असिम थापाले जानकारी दिए।

त्यस्तै प्रतियोगितामा मङ्गलवार विभिन्न सात खेल सम्पन्न भएका छन् ।

जसमा भ्याली स्पोर्टले फेदी एफसीलाई ४-१ गोलअन्तरले पराजित गर्‍यो । त्यस्तै लेक एफसीले मेरो नेपाललाई ८-०, बि १३ एले दिप १६ लाई ८-०, बिटी ब्लूले  एजु एफसीलाई १९-१८, संगम एफसीले विष्णुपादुकालाई २-०, तारा एफसीले सल्यानलाई ३-१, एकता एफसीले भिमकालीलाई ३-१ गोलअन्तरले पराजित गरी बिजयी बनेका छन्।

आपसी भाइचारा अभिवृद्घि साथै समाजमा सिर्जनात्मक कार्यक्रमद्वारा क्लबको पहिचानलाई समाज र राष्ट्रमा स्थापित गर्ने उद्देश्यमा साथ प्रतियोगिता आयोजना गरेको खेल संयोजक प्रदीप राईले बताए।

प्रतियोगितामा प्रथम हुने समूहले नगद रु.एक लाख ११ हजार एक सय ११, द्वितीय हुने समूहले नगद रु.६० हजार एक सय ११ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन्। त्यस्तै सर्वाधिक गोलकर्ता, सवोर्कृष्ट खेलाडी, अनुशासित टिम, बेष्ट डिफेन्स, मिडफिण्डर र गोलरक्षक एवं क्वाटर फाईनलबाट म्यान अफ दी म्याच पुरस्कार पनि प्रदान गरिने क्लबका सदस्य विकास केसीले जानकारी दिए।

प्रत्येक वर्ष पुस, माघमा हुदै आएको उक्त प्रतियोगिता यसवर्ष क्लबका भूपू सल्लाहकार स्वः वीरेन गुरुङको वाषिर्क पुण्यतिथीको अवसर पारी आयोजना गरिएको हो।

त्यस्तै प्रतियोगितालाई स्वः वीरेन गुरुङ तथा नेपाल खलक भिचुक-७ लुम्लेले मुख्य प्रायोजन, बिटी परिवार युके र बिटी परिवार हङकङले सह-प्रायोजन तथा बिटी परिवार पोर्र्चुगल र बिटी परिवार जापानले प्रायोजन गरी सहयोग पनि पुर्‍याएका छन् ।

बिहिवारको पहिलो खेल मालेपाटन र एकता एफसी बीच हुने तथा क्वाटर फाइनलका खेलहरु पनि बिहीबारबाटै शुरु हुने आयोजकले जनाएको छ।

- अादर्श समाज सम्वाददाता