चौथो अनुपम साङ्गीतिक साँझ असारमा हुने

पोखरा, २३ चैत।अनुपम म्यूजिक पोखराको आयोजनामा हरेक वर्ष हुँदै आएको अनुपम साङ्गीतिक साँझको चौथो शृङ्खला असार ३ गते हुने भएको छ।

बालगृह सन्जाल कास्कीको समन्वयमा अन्तर बालगृहस्तरीय एकल नृत्य प्रतियोगितामा पनि सञ्चालन गरिने अनुपम म्यूजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले जानकारी दिए।

पोखरामा सम्पन्न कलाकार, साहित्यकार, समाजसेवी तथा विभिन्न वाङ्मयिक संस्थाका प्रतिनिधिको भेलाले कार्यक्रमका लागि अनुराग अधिकारीको संयोजकत्वमा ५५ सदस्यीय मूल अयोजक समिति गठन गरेको छ।

समितिको सहसंयोजकमा वीरेन्द्र पालिखे, सचिवमा रुपिन्द्र प्रभावी, सहसचिवमा गोविन्द सिन्जाली र कोषाध्यक्षमा टंकप्रसाद गुरुङलाई चयन गरिएको छ।

यसैगरी, कार्यक्रमका लागि विभिन्न उपसमिति पनि गठन गरिएको छ। टीएन शर्माको संयोजकत्वमा सरस्वती श्रेष्ठ, सुरज उपाध्याय, तीर्थराज अधिकारी, मोहन सापकोटा, अरुण सिंह र ऋषि ढुङ्गाना सदस्य रहेको आर्थिक उपसमिति, रुद्र श्रीष मगरको संयोजकत्वमा मनोज र्घर्तीमगर, एकराज गिरी, ऋषि खतिवडा, खिम लामिछाने, प्रकाश अधिकारी र अल्पज्ञानी सदस्य रहेको प्रचारप्रसार उपसमिति गठन गरिएको छ।

यसैगरी, नन्दबहादुर गुरुङको संयोजकत्वमा दुर्गेशमान श्रेष्ठ, तेज गिरी, अनुज कुलुङ,र्र् इश्वर श्रेष्ठ, कृष्णहरि सिग्देल र नरेन्द्रमान श्रेष्ठ सदस्य रहेको अतिथि सत्कार उपसमिति, श्याम गुरुङको संयोजकत्वमा अनन्तमान श्रेष्ठ, दिलिप गिरी, राहुल थापा, राजु गुरुङ, मिनबहादुर गुरुङ र आरके तिमिल्सिना सदस्य रहेको स्वयम्सेवक परिचालन उपसमिति गठन गरिएको छ। त्यस्तै, गीता लामिछानेको संयोजकत्वमा पवित्रा अधिकारी, लक्ष्मी गिरी, मेनका पौडेल, स्वस्तिका न्यौपाने, सन्जू पुन र कोपिला जमरकट्टेल सदस्य रहेको मायाको चिनो व्यवस्थापन उपसमिति, कमल जीसीको संयोजकत्वमा अशेष पालिखे, सुनील बराल, सन्दिप बराल, विकल अधिकारी, परिवेश अधिकारी र नरेश बराल सदस्य रहेको मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ। यस्तै, सिर्जना जिसीको संयोजकत्वमा हरिहर खनियाँ, प्रीति गुरुङ, सुनील थापा, अनुशा गुरुङ, एलिस पुन र नारायण थापा सदस्य रहेको टिकट व्यवस्थापन उपसमिति र विभिन्न क्षेत्रका व्यक्ति रहेको सल्लाहकार समिति गठन गरिएको आयोजकले बताएको छ।

रेन्बो चिल्ड्रेन होम, तीर्थहरि स्मृति प्रतिष्ठान, सम्मोहन साहित्यिक पत्रिका, हिमाली बाल कल्याण संरक्षण मञ्च सहआयोजक रहने कार्यक्रममा काठमाडौँ र पोखराका विभिन्न कलाकारको साङ्गीतिक प्रस्तुती रहनुका साथै अनुपम म्यूजिक अवार्ड तथा सम्मान प्रदान गरिने आयोजक संस्थाले जनाएको छ।

- एजेन्सी