नेपथ्यको कार्यक्रम तयारी अन्तिम चरणमा

पोखरा, २३ चैत। नेपालकै चर्चीत ब्याण्ड नेपथ्यको चैत्र २६ गते शनिबार पोखरा रंगशालामा हुने लाईभ प्रस्तुतीको तयारी पूरा भएको छ।

पर्यटकीय नगरी पोखरामा फेरि उठ्ने छ नेपाल नामक इभेण्टको दोश्रो संस्करणको तयारी पूरा भएको कार्यक्रम संयोजक विकेस कायस्थले बताए। सामुदायिक विद्यालयको सहयोगार्थ हुने उक्त कार्यक्रम शनिबार वेलुका २ घण्टा पोखरा रंगशालामा सञ्चालन हुने भएको कायस्थले बताए।

प्रवेश टिकट विद्यार्थीका लागि सात सय ५० रहेको छ भने अन्य सहभागी दर्शकका लागि एक हजार रहेको संयोजक कायस्थले बताए।

नेपथ्यको लाईभ प्रस्तुति पोखरेलीकोर्र् इच्छा र चहाना अनुसार आयोजना हुने भएको पोखरा भीमकालीपाटन सिमपानी निवासी किरण गुरुङले बताए।

गुरुङ र सोनाम गुरुङको आयोजनामा कास्की ल्वाङघलेलको गौरी शंकर मनिलाल मावि र कास्कीकै सल्यान वासखर्कमा रहेको भुमेश्वर आधारभूत विद्यालयमासमेत आर्थिक सहयोग प्रदान गरिने उद्देश्यले नेपथ्यको प्रस्तुति हुन लागेको हो।

दुर्इ वटा विद्यालयलाई उक्त कार्यक्रमबाट बचत भएको करिब १५ देखि २० लाख रूपैया आर्थिक सहयोग गर्ने भएको आयोजक गुरुङले बताए। व्याण्डवागन वाई पोजेटिब भाइव कम्पनीको व्यवस्थापनमा उक्त इभेण्ट पोखरामा हुन लागेको हो।

नेपथ्य ब्याण्डका भोकलिष्ट चर्चीत पप गायक अमृत गुरुङ रहेका छन। उनको पोखरा २२ पुम्दी भुम्दी कालावाङमा घर भएकोले उनको प्रस्तुतिमा पोखरा आसपाससहित छिमेकी जिल्लाबाटसमेत सहभागी जनाउने अपेक्षा गरेको किरण गुरुङले बताए।

सामुदायिक विद्यालयको सहयोगको लागि आयोजना हुने उक्त कार्यक्रमलाई सफल पार्न सहसंयोजक प्रवेश कायस्थले आग्रह गरेका छन्।

- एजेन्सी