अक्षरयात्रा प्रतिभा पुरस्कारबाट सुरज पुरस्कृत

चैत। यस वर्षको अक्षरयात्रा प्रतिभा पुरस्कारबाट युवा साहित्यकार सुरज उपाध्याय पुरस्कृत भएका छन्।

गजल सन्ध्या र नवनीत साहित्य सागरद्वारा मासिक रुपमा पोखराबाट सञ्चालित साहित्यिक अभियान अक्षरयात्रामा सक्रिय सहभागी भई उत्कृष्ट सिर्जना गरेको भन्दै युवा साहित्यकार उपाध्यायलाई सो पुरस्कार प्रदान गरिएको हो।

पोखरामा शनिबार आयोजित अक्षरयात्राको १४० औँ शृङ्खलामा प्रमुख अतिथि गण्डकी बोर्र्डिङ स्कुलकमा प्राचार्य रव्रि्रसाद बरालले उपाध्यायलाई दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मान गरेका हुन्।

उनले साहित्यले जीवन र जगत्लाई सकारात्मक परिवर्तनतर्फ अघि बढाउनुपर्नेमा जोड दिए। पोखराबाट अक्षरयात्राले साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै बरालले साहित्यकार उपाध्याय पोखरेली साहित्यले गर्व गर्न लायक साहित्यकार भएको उल्लेख गरे।

सम्मानित व्यक्तित्व उपाध्यायले आफूले कहिल्यै पनि पुरस्कार पाउँला भन्ने सोचेर साहित्य लेखन नगरे पनि अक्षरयात्राले आफूलाई पुरस्कृत गर्दा थप जिम्मेवारी थपिदिएको बताए।

स्याङ्जाको आर्रुखर्कमा जन्मेर डेढ दशकदेखि पोखरामा रहेर साहित्यमा लागेका साहित्यकार उपाध्यायका २०६० सालमा ‘त्रि्रो मन फर्किएन’ गजल सङ्ग्रह र २०७१ मा ‘चिल उड्यो आकासमा’ बाल कविता सङ्ग्रह प्रकाशन भएको छ।

र्‍याण्डम रिर्र्डस सोसाइटी अफ् नेपाल र प्रगतिशिल लेखक संघमा आबद्ध उपाध्यायले २०५६ देखि २०६० सम्म स्याङ्जाबाट वेदना साहित्यिक पत्रिकाको सम्पादन गरेका थिए।

कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक प्रकट पगेनी ‘शिव’, सदस्य रुपिन्द्र प्रभावी, प्रगतिशील लेखक संघ कास्कीका अध्यक्ष भीम रानाभाट, पुरस्कारका संस्थापक कृष्ण देवकोटालगायतले बोलेका थिए

गजल सन्ध्याकी अध्यक्ष बिर्सना बस्नेत र नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापाको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममको सञ्चालन गजल सन्ध्याका सचिव मोहन भण्डारीले गरेका थिए।

कार्यक्रमामा गजल सन्ध्याका पूर्व सहसचिव विष्णु बाँस्तोलाले अक्षरयात्रा प्रतिभा पुरस्कारको अक्षयकोष वृद्धिका लागि रु. १० हजार सहयोग गरेका थिए।

१४० औँ अक्षरयात्रामा रामकुमार फुच्चे, केआर ढकाल, प्रकाश विहीन, वसन्त विनोद, मिर्मिसा पराजुली, सङ्गीता आभास, बलराम पूर्णविराम, माया कुँवर, नरेन्द्र रानभाट, सन्जीव पौडेललगायतले आ-आफ्ना रचना वाचन गरेका थिए।

- एजेन्सी