नागरिक समाज पोखराद्वारा पोलेलाई ध्यानकर्षण

पोखरा, २० चैत। नागरिक समाज पोखरा तथा पोखरा उपत्यका बृहत् सफाइ अभियानले पोखरा लेखनाथ महानगरपालिकालाई सात बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।

नागरिक समाज पोखरा तथा अयिभानका संयोजक रामबहादुर पौडेलले पोखरा लेखनाथ महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत दीर्घनारायण पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

ध्यानाकर्षण पत्रमा फोहरमैला व्यवस्थापन प्रणालीलाई चुस्तदुरुस्त, सहज र पारदर्शी बनाइनुपर्ने, ड्यामसाइडस्थित फेवातालमाथि बनेको फोहरमैलाको टापु हटाउन तत्काल पहल गरिनुपर्ने, फिर्के-बुलौंदीखोलाको अतिक्रमण हर्टाई दायाँबायाँ फुट ट्रयाक, ग्रिन वेल्ट र साइकल लेन निर्माण गरिनुपर्ने रहेको छ।

त्यसैगरी, फिर्के-बुलौंदीखोलाको विभिन्न स्थानमा चेकड्याम अविलम्ब निर्माण गरिनुपर्ने, खोला, नदीनालालगायत सार्वजनिक स्थलमा फोहर विसर्जन गर्नेलाई र सेवाप्रवाहमा हेलचक्राई गर्ने कर्मचारीलाई कारवाही गरिनुपर्ने, जोखिमपूर्ण नालामाथि स्ल्याब निर्माण गरिनुपर्ने र  नागरिकलाई सेवाप्रवाह नदिइ नगरपालिका कार्यालयमा सिफारिस लिन आउँदा जबर्जस्ती फोहरमैला दस्तुर अशुल्ने कार्य न्यायसंगत नभएकाले खारेज गरिनुपर्ने रहेको छ।

- अादर्श समाज सम्वाददाता