मिस कल्चर पश्चिमाञ्चल-२०१७ को ट्यालेन्ट शो को तयारी

पोखरा २०, चैत। पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिको आयोजना तथा गोर्खा बु्रअरीको मुख्य प्रायोजनमा शनिबार मिस कल्चर पश्चिमाञ्चल २०१७ को ट्यालेन्ट शो भएको छ।

कार्यक्रममा प्रमुख अतिथि सभासद् सारदा पौडेलले महिलाहरू अव चुलो र चौकोमा मात्र सिमित नभई बाहिर निस्किएर समाज परिवर्तनको क्षेत्रमा लाग्नु पर्ने बताईन्।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका कर अधिकृत शिवहरि शर्मा, सृजना विकास केन्द्रका बैंकिङ अफिसर बिरबहादुर अधिकारी, सेलुट गोर्खा ट्रेनि· सेन्टरका प्रमुख राहुल पाण्डे, एनबीजेके सप्लार्यसका प्रोपाईटर जनक काफ्ले, बायोटिच स्प्रिट नेपालका जितबहादुर केसी, चेतन महिला कृषक समूहकी अध्यक्ष माया भण्डारी, अनलाईन पार्टनर पिस पोखरा डटकमका प्रमुख गोकुल बानियाँ, सानिमा बिकास बैंकका म्यानेजर बिजेन्द्र श्रेष्ठ, गायक सन्तोष बस्याल, मानव अधिकार तथा सँस्कृति मञ्चकी केन्द्रीय सदस्य मेनका पौडेल, पोखरा एड्का अमर कार्की लगायतले शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा १४ जना प्रतिस्पर्धीले आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए भने निर्णायकमा नेपाली कला सँस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाका पूर्व सचिव रुद्र गिरी, नृत्य निर्देशक श्याम सिंह, मिसेस क्लचर नेपाल २०१६ कि बिजेता प्रतिमा शर्मा आचार्य रहेको शोभा गौतमले जानकारी दिइन्।

बैशाख ९ गते पोखरा शभागृह हलमा फाइन कार्यक्रम हुने कार्यक्रम संयोजक दिनेश शर्माले जानकारी दिए।

- एजेन्सी