आईकिडो आईकिकाईको दुर्इ दिने तालिम तथा गोष्ठी

पोखरा, २० चैत। नेपालमा मार्शल आर्ट सम्वन्धि आईकिडो आईकिकाईको खेल लाई थप व्यवस्थित गर्न दुर्इ दिने तालिम तथा गोष्ठी पोखरामा भएको छ। जापानमा प्रचलित आईकिडो आईकिकाई खेल युरोप तिर समेत खेल्ने गरिएको यसका प्रशिक्षक विनय श्रेष्ठले जानकारी दिए।

आईकिडो आइकिकाई जापानको प्रधान कार्यालयका वरिष्ठ प्रशिक्षक माकोतोर्र् इतो -६ डान) लाई निमन्त्रणा गरी पहिलो तालिम गोष्ठी तथा पाँचौ जन्मोत्सव समारोहको समेत आयोजना गरिएको प्रशिक्षक श्रेष्ठले वताए।

गोष्ठीमा भारत, अष्टे्रलिया, दुर्वईका खेलाडीहरूो सहभागिता रहेको थियो। उक्त कार्यक्रममा ‘आन’ पोखरा डोजोका सम्पूर्ण सदस्यहरूको सहभागिता रहेको थियो । खेललाई थप उचाइमा पुर्‍याउन निकट भविष्यमा विदेशमा हुने तालिम, गोष्ठीमा भाग लिएर आफ्नो कलालाई अको उचाईमा पुर्‍याउने सहभागीहरुले प्रतिवद्धता समेत गरेका छन्।

संघले महिला तथा किशोरीहरुको आत्मरक्षाको निःशुल्क तालिम पोखरा, काठमाडौं र वुटवल गरी करिब तीन सय जना भन्दा बढी महिलालाई आत्मरक्षाको तालिम प्रदान गरिसकेको प्रशिक्षक श्रेष्ठले जानकारी दिए । विगत केही वर्ष देखि प्रशिक्षक श्रेष्ठ -दोश्रो डान) ले पोखरा डोजोको प्रशिक्षण र कार्यभार सम्हाल्दै आएका छन।

तालिम गोष्ठी सफल पार्न मुख्य भूमिका खेल्ने संघका संयोजक तथा प्रमुख प्रशिक्षक अर्जुन श्रेष्ठ, उपाध्यक्ष पुष्प श्रेष्ठ, महासचिव प्रविण पालिखे, तालिम सौजन्य गर्ने संघका कोषाध्यक्ष अशोक रञ्जितलाई धन्यवाद व्यक्त गरिएको छ। तालिममा ६० जनाको सहभागिता रहेको सचिव दुनिया श्रेष्ठले जानकारी दिए।

- एजेन्सी