वीरेन स्मृति बिटी कप शुरु

हेमजा, १९ चैत। ११ औं संस्करणको बिटी कप २०७३ शनिबारदेखि शुरु भएको छ।

बुद्घटोल युवा क्लब पोखरा-१, पुरानो टुँडीखेलको आयोजनामा भएको प्रतियोगिता चैत २६ गतेसम्म स्थानीय टुडीखेल मैदानमा चल्नेछ।

प्रतियोगिताको उद्घाटन गर्दै मुक्तिनाथ गणका सहायक बाहिनीपति कविन्द्रमान श्रेष्ठले खेलले मानव जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदै स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएकोमा जोड दिए।

शनिबार बिटी ह्वाइट र स्मृति क्लब सराङकोट बीच भएको उद्घाटन खेलमा बिटी ह्वाइट ५- ३ गोलअन्तरले बिजयी भएको छ। मौसम प्रतिकुलताका कारण शनिबार गर्ने भनिएका अन्य दुर्इ खेल भने हुन नसकेको आयोजकले जनाएका छ।

आपसी भाइचारा अभिवृद्घकिा साथै समाजमा सिर्जनात्मक कार्यक्रमद्वारा क्लबको पहिचानलाई समाज र राष्ट्रमा स्थापित गर्ने उद्देश्यमा साथ प्रतियोगिता आयोजना गरेको खेल संयोजक प्रदिप राईले बताए।

प्रतियोगितामा प्रथम हुने समूहले नगद एक लाख ११ हजार एक सय ११, द्वितीय हुने समूहले नगद रु.६० हजार एक सय ११ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन्।

त्यस्तै सर्वाधिक गोलकर्ता, सवोर्कृष्ट खेलाडी, अनुशासित टिम, वेष्ट ड्रि|mेन्स, मिडफिल्डर र गोलरक्षक एवं क्वाटर फाईनलबाट म्यान अफदिम्याचलाई पुरस्कार पनि प्रदान गरिने प्रचारप्रसार संयोजक असिम थापाले जानकारी दिए।

प्रत्येक वर्ष पुस, माघमा हुँदै आएको उक्त प्रतियोगिता यसवर्ष क्लबका भूपू सल्लाहकार स्व वीरेन गुरुङको वाषिर्क पुण्यतिथीको अवसर पारी शनिबारबाट शुरु गरिएको हो।

सेभेन ए साइड नेपाल फेडे्रसनबाट १० थान बल, दक्षिण एसियाली सेभेन ए साइड फेड्रेसनका उपाध्यक्ष नविन पुनबाट रु. १० हजार, हरीचोक ट्याक्सी इकाईबाट दुर्इ थान बल सहयोग प्राप्त भएको पनि संयोजक राईले बताए।

आइतवार बिहान ८ बजे इन्द्रेणी क्लब र फेदी एफसी बीच पहिलो खेल हुने आयोजकले जनाएको छ।

- अादर्श समाज सम्वाददाता