अनेसास गण्डकीद्वारा केन्नीको स्वागत

पोखरा, १६ चैत। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), गण्डकीले संस्थाका केन्द्रीय आजीवन सदस्य तथा साहित्यकार केन्नी पाण्डेलाई स्वागत तथा सम्मान गरेको छ।

पोखरामा बुधबार भएको कार्यक्रममा सम्मानित व्यक्तित्व केन्नीले ३५ वर्ष नेपाल र ३७ वर्ष अमेरिका बसाइँका अनुभव र अनुभूति सुनाउँदै उनले थपे-’अब ६ महिना अमेरिका र ६ महिना पोखरा बस्ने मनसाय बनाएको छु।’

आफ्नो अंग्रेजी उपन्यास अदर साइड अफ प्याराजाइजबारे उनले नेपाली सनातन धर्म र पश्चिमा धर्मबीचको सामीप्यता देखाउन खोजेको बताए।

उक्त अवसरमा साहित्यकार कल्याण पन्त, कमलसिंह खड्का, दुर्गा न्यौपाने, गोमा ढकाल, सरस्वती अधिकारी, गीता तिवारी गौतम, सरस्वती अधिकारी सरुलगायतले बोलेका थिए।

अनेसास गण्डकीका अध्यक्ष दुर्गाबहादुर शाह बाबाको अध्यक्षतामा भएको कार्यक्रममा कृष्ण सारथिले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रम सञ्चालन सचिव असफल गौतमले गरेका थिए।

- अादर्श समाज सम्वाददाता