तेक्वान्दो राष्ट्रिय रेफ्री कोस

पोखरा, १६ चैत। नेपाल तेक्वान्दो संघको आयोजनामा पश्चिमाञ्चलमा भएका नवौं राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार तथा आठौं राष्ट्रिय तेक्वान्दो रेफ्री रिफ्रेसर कोर्स सम्पन्न भएको छ ।

यस क्षेत्रका लागि पोखराको रंगशालाको कभर्डहलमा भएको दुर्इ दिने उक्त कोर्समा संघका निर्णायक कमिटीका संयोजक नवीनकुमार श्रेष्ठ र कोरियन प्रशिक्षक क्वान योङ दलले प्रशिक्षण दिएका थिए ।

विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ)ले तेक्वान्दो खेलका केही नियम परिवर्तन गरेका कारण आयोजित कोर्षमा ग्यरोगीतर्फका ७० निर्णायकको सहभागिता रहेको थियो । जसमा नयाँ निर्णायकको लागि ५१ र रिफ्रेसरका लागि १९ निर्णायकले भाग लिएका थिए ।

समापनमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ र कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङले सहभागीलाई प्रमाणपत्र प्रदान गरे ।

अध्यक्ष पौडेलले समयानुसार निर्णय परिवर्तन हुन सक्ने र निर्णायक पनि अपडेट हुनुपर्ने भएकाले यस्ता प्रशिक्षणको निकै महत्व रहेको बताए ।

संघका महासचिव गुरुङले तेक्वान्दो खेल विकासमा कोर्सले एउटा महत्वपूर्ण इँटृा थप्ने धारणा ब्यक्त गरे ।

संघका निर्णायक कमिटीका संयोजक नवीनकुमार श्रेष्ठले नेपालको तेक्वान्दो खेल विकास र स्तरन्नोतिका लागि रिफ्रेसर कोर्सले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

- अादर्श समाज सम्वाददाता