नेपाल मुस्लिम इत्तेहाद संगठन गठन

पोखरा १६ चैत । नेकपा एमालेले पहिलो पटक पोखरामा मुस्लिम समुदायमा आफनो संगठन विस्तार गरेको छ ।

संगठनको प्रथम जिल्ला अधिवेशनलले नजवुन निशा खातुनलाई अध्यक्षमा चयन गरेको हो ।

कार्यसमिति उपाध्यक्षमा खुशी मोहम्मद मियाँ, सचिवमा कमरुदिन मियाँ, कोषाध्यक्षमा सौकत अलि मियाँ, सदस्यहरुमा रजिया खातुन, अस्रफ अलि मियाँ, जमालुदिन मियाँ, अफतर अहमद मियाँ, समिरा खातुन, जमिल मियाँ, रफिक अलि मियाँ, ल्याकत अलि मियाँ, समिउन निसा मियाँ, अविब मियाँ, समिउल्ला मियाँ, गुलामरसुल मियाँ, सावुदिन मियाँ, जलालदिन मियाँ, सखुरदीन मियाँ, हब्दुल रहमान मियाँ, सफिरन मियाँ, अजमुदिन मियाँ, ताजिमा खातुन, तैयाव अलि मियाँ र जरिना खातुन रहेका छन् ।

सल्लाहकार कमिटीमा सवाबक्स मियाँ, फातुमा खातुन, हमिद मियाँ, निजामदिन मियाँ, मोहम्मद मोहसिन मियाँ, हिकमत अलि मियाँ, हाजि सलारबक्स मियाँ, इव्राहिम मियाँ, एैनलु मस्जीद मियाँ र कुलसुम खातुन रहेका छन् ।

त्यस्तै, पोखरा लेखनाथ महानगरपालिका नेपाल इत्तेहाद संगठनको प्रथम अधिवेशनले हाजि रहिमुल्ला मियाँलाई अध्यक्षमा चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा रीया मुदिन मियाँ’, सचिवमा कमलुदिन मियाँ, सहसचिवमा अब्दुल गनि मियाँ, कोषाध्यक्षमा आरिफ अलि चयन भएका छन् ।

सदस्यमा हजरत अलि, करिम मियाँ, ताजुत अलि मियाँ, युनुस अलि मियाँ, फैयाजुदिन मियाँ, अब्दुल अजित मियाँ, अलि अक्बर मियाँ, अस्गर अलि मियाँ, फैसल अलि मियाँ, नुरहक मियाँ, अक्बर अलि मियाँ, इब्राहिम मियाँ, संसुदिन मियाँ, खालिदा खातुन, बरकत अलि मियाँ, फरिदा खातुन, अर्मान अलि मियाँ, संगीना खातुन, सरिफा खातुन र कुलसुम मियाँ रहेको एमाले निवाचन कमिटि कास्कीका संयोजक टिकाराम पंगेनीले जानकारी दिए । चयन भएका जिल्ला र महानगर कमिटिका पदाधिकारी सदस्यहरु र सल्लाहकारलाई एमाले वैकल्पिक केन्द्रीय सदस्य एवं कास्की इञ्चार्ज मानबहादुर जिसी, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, उपाध्यक्ष मनबहादुर गुरुङ, पार्टीसचिव दामोदर बैरागी, उपसचिव प्रभा कोइराला र निर्वाचन कमिटिका सचिव टीकाराम पंगेनीले खादा लगाएर बधाई ज्ञापन गरेका थिए।

- अादर्श समाज सम्वाददाता