स्वतन्त्र लमजुङको अध्यक्षमा आले

लमजुङ, १५ चैत। स्वतन्त्र पत्रकार संघ नेपाल लमजुङ शाखाको दोस्रो अधिवेशनले अध्यक्षमा पुनः कृष्णबहादुर आलेलाई चयन गरेको छ।

समितिको उपाध्यक्षमा बेलबहादुर थापा, सचिवमा सूर्यबहादुर विक, कोषाध्यक्षमा कुमारी तामाङ र सहसचिवमा अभिषेक परियार चयन भएका छन्।

यसैगरी, सदस्यमा विष्णुकुमार श्रेष्ठ, सुधा पहाडी, सामित्रा गुरुङ र अनिता थापा चयन भएका छन्।

केन्द्रीय पार्षदमा नवराज पहाडी, तीर्थराज पराजुली, सुनाराम विक -सुशील), आस गुरुङ र अञ्जना पौडेल चयन भएका छन्।

सो अवसरमा केन्द्रीय पर्यवेक्षकहरू समेत चयन गरिएको संघका सहसचिव अभिषेक परियारले बताएका छन्। उनका अनुसार पर्यवेक्षकमा विष्णुकुमार श्रेष्ठ, सुधा पहाडी, चन्द्रकान्त पौडेल, कुमारी तामाङ, अनिता थापा छन्।

उक्त अधिवेशनको स्वतन्त्र पत्रकार संघ नेपालको विधान समितिका संयोजक एवम् लमजुङ शाखाका संस्थापक अध्यक्ष नवराज पहाडीले अधिवेशनको उदघाटन गदै दलगत आग्रह र पूर्वाग्रहबाट माथि उठेर समाज र राष्ट्रको बृहत्तर हित तथा सुशासन र लोकतन्त्रको स्थायित्वका लागि स्वतन्त्र पत्रकार संघ आवश्यक रहेको बताए।

संघको जिल्ला अध्यक्ष कृष्णबहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रममा कुमारी तामाङले स्वागत र सञ्चालन सुनराम विकले गरेका थिए।

- अादर्श समाज सम्वाददाता