जोन ज्योति स्कुल सञ्चालनमा

पोखरा, १५ चैत। पोखरामा नयाँ शैक्षिक संस्थाको रुपमा जोन ज्योति विद्यालय सञ्चालनमा आएको छ। बालबालिकालाई बालमनोविज्ञानमा आधारित रहेर शिक्षा दिने उद्देश्यले पश्चिम क्षेत्रमा शैक्षिक प्रतिष्ठा कमाएका ब्यक्तिहरुको समूहले विद्यालय सञ्चालन गरेको हो।

जोन ज्योति विद्यालय र्सार्वजनिक शैक्षिक गुठीले जोन ज्योति विद्यालयको सञ्चालन गर्न लागेको अध्यक्ष गेहेन्द्रेश्वर कोइरालाले जानकारी दिए।

ग्ाुणस्तरीय शिक्षाका लागि पोखरामा धेरै विद्यालयहरु भए पनि थप गुणस्तरीय पाठ्यशैलीसहितको नयाँ विद्यालय सञ्चालन थालिएको उनको भनाइ छ।

मंगलबार एक कार्यक्रमबीच विद्यालय सञ्चालनबारे जानकारी गराइएको हो।कार्यक्रममा सञ्चालक समितिका सदस्य धनेश्वर सुवेदीले संस्थाको गुणस्तरीय शिक्षाको विषयमा जानकारी गराए।

लामागुरु मिन गुरुङले असल र नैतिक शिक्षाले समाजमा असल विद्यार्थी निर्माण गर्न सघाउने भन्दै राष्ट्रको लागि आवश्यक शैक्षिक पाठ्यक्रमअनुसार चल्न सक्ने विद्यार्थी उत्पादन गर्न सुझाए।

पृथ्वीनारायण क्याम्पसको स्थापना गरेर पोखरा शैक्षिक गतिविधिलाई चलायमान बनाएका शिक्षाविद् जर्ज जोनको नाममा गठन गरिएको जर्ज जोन शिक्षा प्रतिष्ठानको पहलमा जोन ज्योति विद्यालय स्थापना गरिएको हो।

विद्यालयमा १७ सदस्यीय सञ्चालक समिति छ भने पाँच जनाको सल्लाहकार समिति छ। बाल मनोवैज्ञानिक अवस्थालाई बुझेर सोहीअनुसार अध्यापन गराउन मण्टेश्वरी तालिम प्राप्त शिक्षक विद्यालयमा छन्।यसबाहेक तीन जना जर्मन भोलिन्टियर शिक्षकले पनि अध्यापन गराउने छन्। सञ्चालक समितिका सदस्य अर्जुन अधिकारीका अनुसार चार ग्रुपमा विद्यालय सञ्चालन हुनेछ।

प्ले ग्रुप, नर्सरी, एलकेजी र युकेजी कक्षा सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिए। विद्यालयको प्रत्येक कक्षामा २५ जना विद्यार्थी अध्ययन गर्न सक्छन्। विद्यार्थीलाई सन्तुलित भोजन र मौसमअनुसारका खाद्यान्नसमेत ब्यवस्था हुने अधिकारीले बताए।

अध्यक्ष कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव राजीव पहारीले गरेका थिए भने उपाध्यक्ष रामगोपाल ढेवाजुले स्वागत गरेका थिए।

- अादर्श समाज सम्वाददाता