बिटि कप प्रचारार्थ मोटरसाइकल र्‍याली

हेमजा, १५ चैत । बुद्धटोल युवा क्लब पोखरा-१, पुरानो टुँडिखेलको आयोजनामा शनिबारदेखि शुरु हुने ११ औं संस्करणको विटि कप प्रचारार्थ मंगलबार मोटरसाइकल र्‍याली निकालिएको छ ।

स्थानीय टुँडिखेलमा चैत २६ गतेसम्म चल्ने उक्त प्रतियोगिता प्रचारका लागि निस्केको र्‍याली टुँडिखेल मैदानबाट शुरु भई हरिचोक, सिम्पानी, बगर, लामाचौर, बाटुलेचौर, नदीपुर, महेन्द्रपुल, रानीपैवा, अमरसिंहचोक, पृथ्वीचोक, राष्ट्रबैकचोक, लेकसाइड, न्यूरोडहुँदै पुनः टुँडिखेल मैदानमा पुगेको थियो ।

आपसी भाइचारा अभिवृद्दि साथै समाजमा सिर्जनात्मक कार्यक्रमद्वारा क्लबको पहिचानलाई समाज र राष्ट्रमा स्थापित गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरेको संयोजक प्रदीप राईले जानकारी दिए ।

सेभेन ए साइड उक्त खुल्ला फुटबल प्रतियोगितामा कुल ४० टिमले सहभागिता जनाउने क्लबका सचिव रेशम सापकोटा बताए ।

प्रतियोगितामा प्रथम हुने टिमले एक लाख ११ हजार एक सय ११, द्वितीयले ६० हजार एक सय ११ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।

त्यस्तै, सर्वाधिक गोलकर्ता, सवोर्कृष्ट खेलाडी, अनुशासित टिम, वेष्ट डिफेन्स, मिडफिण्डर र गोलरक्षकलाई पुरस्कृत गरिनेछ ।

क्वाटरफाइनलबाट म्यान अफ दि म्याच पुरस्कार पनि प्रदान गरिने क्लबका सदस्य अमृत गुरुङ लामाले बताएका छन् ।प्रत्येक वर्ष पुस माघमा हुँदै आएको उक्त प्रतियोगिता यस वर्ष क्लबका भूपू सल्लाहकार स्व वीरेन गुरुङको वाषिर्क पुण्यतिथि पारी चैत १९ देखि गर्न लागिएको प्रतियोगिता संयोजक प्रदीप राईले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न करिब नौ लाख ५७ हजार दुर्इ सय २२ लाग्ने आयोजकको अनुमान छ ।

- अादर्श समाज सम्वाददाता