लक्ष्मी मावि व्यवस्थापन समितिमा जिसी

लेखनाथ, १५ चैत। पोखरा लेखनाथ महानगरपालिका-२६ अघौस्थित लक्ष्मी माविमा सोमबार भएको कार्य समितिको बैठकले रामकृष्ण जिसीको अध्यक्षतामा विद्यालय ब्यवस्थापन समिति गठन गरेको छ।

समिति सदस्यमा सूर्य भुजेल, खेमराज ढुंगाना र महिला सदस्य वृद्धा सुवेदी, हरिप्रिया पौडेल, सीता भण्डारी, शिक्षक प्रतिनिधि इश्वरी जिसी र समितिको सदस्यसचिवमा विद्यालयका प्रधानाध्यापक ऋषिकेश बराल चयन भए ।

- अादर्श समाज सम्वाददाता