दाहाल-सीबीच भेटवार्ता

rLgsf /fi6«klt ;L lhglkª / k|wfgdGqL bfxfnaLr e]6
a]Olhªdf ;f]daf/ rLgsf /fi6«klt ;L lhglkª / k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú aLr e]6 ub}{ . tl:a/ M ;f}hGo, k|wfgdGqLsf] lghL ;lrjfno . /f;;

काठमाडौं, १४ चैत । प्र्रधामन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सि जिङपिङबीच भेटवार्ता भएको छ ।

सोमबार भएको भेटमा चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपालसँग यसअघि भएका सम्झौताको कार्यान्वयनसँगै जलवायु परिवर्तनको न्यूनीकरण, कृषि र पर्यटनमा सहकार्य गर्न चाहेको बताए।

भेटमा प्रधनमन्त्री दाहालले दुर्इ देशबीचमा रहेका महत्वपूर्ण सरोकारका विषय खुलस्तरुपमा राखेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । नेपालका तर्फबाट राखेका ती विषयमा राष्ट्रपति सी सकारात्मक भएको बताइएको छ ।

प्रधानमन्त्री दाहालले यसअघि केपी ओली नेतृत्वको सरकारले गरेका उर्जा र पारवाहनसम्बन्धी सम्झौताको कार्यान्वयन, चिनियाँ रेललाई नेपालभित्र जोड्ने, तातोपानी नाका खोल्ने विषयका साथै नेपाल, चीन र भारतबीचको त्रिदेशीय साझेदारीको विषय उठाएका थिए ।

नेपाली पक्षले उठाएको सबै विषयहरुमा सीले सकारात्मक जवाफ दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्री सचिवालयले दिएको जानकारीअनुसार उक्त अवसरमा भारतको गोवामा भएको भेटको स्मरण गराउँदै प्रधानमन्त्री दाहालले नयाँ सम्बन्धबाट नेपाल र चीन दुबैले लाभ लिने समेत बताए ।

नेपालमा संविधान कार्यान्वयनका लागि स्थानीय चुनावको तयारी तीव्र भएको जानकारी गराउँदै प्रधानमन्त्रीले संविधानमा सबै पक्षको स्वीकार्यताका लागि सरकारले सबै पक्षसँग संवादको प्रक्रियालाई घनिभूत बनाउँदै आएकोसमेत बताए । उनले नेपालमा भइरहेको स्थानीय तहको चुनाव सम्पन्न गर्न चिनियाँ पक्षको सहयोगको अपेक्षा नेपालले राखेको बताए ।

नेपालले आफ्नो भूमि प्रयोग गरेर चीनविरुद्ध कुनै गतिविधि हुन नदिने र एक चीन नीत्रि्रतिको आफ्नो प्रतिबद्धतालाई पालना गर्दै आएको प्रधानमन्त्रीले बताए ।

चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ को अवधारणाले यो क्षेत्रमा अभूतपूर्व विकास गर्ने बताउँदै प्रधानमन्त्री दाहालले भने-’वान बेल्ट वान रोडको अवधारणालाई नेपालले पूर्ण सहयोग र समर्थन गरेको छ । एउटा छिमेकी भएको नाताले नेपाललाई यो योजनाको फ्रेमवर्कमा प्राथमिकता दिइनुपर्ने कुरामा हामी जोड दिन चाहन्छौं ।’

भेटका अवसरमा प्रधानमन्त्रीले नेपालको समग्र विकासका लागि चिनियाँ लगानीको समेत कुरा गरेका थिए । हालै मात्र सम्पन्न लगानी सम्मेलनमा उल्लेख्य मात्रामा चिनियाँ लगानीको प्रतिबद्धता देखिएकोमा धन्यवाद दिँदै प्रधानमन्त्रीले पर्यटनलगायत क्षेत्रमा चीनको महत्वपूर्ण सहयोग हुने विश्वास व्यक्त गरे ।

दुबै देशबीच आर्थिक विकासका लागि क्रस बर्डर रेल, सडक, ट्रान्सिमिसनजस्ता विषयलाई द्विपक्षीय सम्बन्धको केन्द्रमा राख्नुपर्ने उनले बताए । नेपाललाई चीनसँग जोड्ने रेलवे निर्माण हुन सके यसले दुवै देशको सम्बन्धलाई थप उचाईमा पुर्‍याउने प्रधानमन्त्रीको भनाइ थियो ।

राष्ट्रपति सीसँगको भेटका अवसरमा प्रधानमन्त्री दाहालले भूकम्पपछि बन्द भएको तातोपानी नाका खोल्न अनुरोध गरे । ‘अरनिको राजमार्ग नेपाली अर्थतन्त्रको जीवनरेखा हो’-उनले भने-’यसलाई तत्काल खोल्नका लागि चीनका तर्फबाट विशेष पहल गरियोस्।’

प्रधानमन्त्रीको सम्बोधनपछि चिनियाँ राष्ट्रपति सीले नेपाल र चीनबीचको सम्बन्ध नेपालमा हुने राजनीतिक परिवर्तनबाट प्रभावित नहुने स्पष्ट पारे ।

भेटलाई प्रधानमन्त्री दाहालले ऐतिहासिक भएको बताएका छन् । नेपालले तातोपानी नाका खोल्न गरेको अनुरोधलाई सीले सकारात्मकरुपमा लिएर यसबारेमा कुराकानी अगाडि बढाउने बताएको सचिवालयले जनाएको छ ।

निर्वाचनमा साढे १४ करोड सहयोग

स्थानीय तह चुनावका लागि चीन सरकारले नौ मिलियन चिनियाँ युआन अर्थात करिब १४ करोड ४० लाख नेपाली रूपैयाँ बराबरको सहयोग गर्ने भएको हो । वेइजिङस्थित ग्रेट हल अफ दी पिपलमा भएको भेटमा चिनियाँ राष्ट्रपति सिले नेपालमा हुन लागेको स्थानीय चुनावमा उक्त सहयोग गर्ने घोषणा गरेका हुन् ।

नेपालमा लगानी गर्न आह्वान

प्रधानमन्त्री दाहालले नेपाली जनता नेपालको विकासका लागि दृढ निश्चयी रहेको बताएका छन् । चीनमा आयोजित ‘लगानीका अवसरबारे राउण्ड टेबल छलफल’ विषयका कार्यक्रममा विशेष अतिथिका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाल लगानीको उर्वरभूमि भएकोले लगानीका लागि आह्वान गरे ।

नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको बताउँदै प्रधानमन्त्री दाहालले यसलाई अझै उचाईमा पुर्‍याउनुपर्ने बताए । नेपाल र चीन भूगोल, संस्कृति र व्यापारका क्षेत्रमा लामो इतिहास बोकेका छिमेकी भएको बताए ।

प्रधानमन्त्रीले यो सम्बन्धलाई अझै विकास गर्न नेपालमा लगानी गर्नुपर्नेमा जोड दिए । नेपालमा लगानीसम्बन्धी भएको सम्मेलनमा चीनको लगानी प्रतिबद्धता ६१ प्रतिशत रहेको बताउँदै प्रधानमन्त्रीले यसलाई मूर्तरुप दिन थप प्रतिबद्धताका लागिसमेत आहृवान गरे ।

नेपाल प्राकृतिकरुपमा धनी र श्रोतसाधन सम्पन्न देश भएकोले यो लगानीका लागि उर्वरभूमि भएको उनले बताए । ‘नेपालका जनताहरु विकासका लागि दृढ निश्चयी छन, राजनीतिक दलहरु पनि आर्थिक समृद्धिका लागि एकबद्ध छन्, आउनुस् लगानी गर्नुहोस्’- प्रधानमन्त्रीले भने।

प्रधानमन्त्रीले नेपाल जलश्रोतका धनी देश भएकोले जलविद्युत्, कृषि, पर्यटनलगायतका क्षेत्रमा चिनियाँ लगानीमा जोड दिए । नेपालमा श्रम मूल्य न्यून भएको, लगानीका लागि उदार नीति भएको, राज्यले लगानी भित्र्याउन उपयुक्त वातावरण बनाएको बताउँदै प्रधानमन्त्रीले नेपाल र लगानी गर्ने देश दुबैलाई समान लाभ हुने र दुवैले जित्ने ढंगले लगानीको वातावरण भएको बताए । ‘चीन र नेपालको सीमाक्षेत्रमा सेवा प्रवाह गर्नसमेत दुबै देशले निकै प्रयास गरेका छन्, पर्यटनका क्षेत्रमा चिनियाँ योगदान उल्लेख्य छ, अन्य क्षेत्रहरुमा पनि ‘विन-विन’ अवस्था हुने गरी लगानी गर्ने वातावरण छ’- उनले भने ।

- अादर्श समाज सम्वाददाता