सिर्द्धार्थ डेभलपमेण्ट बैंकको ३७ औं शाखा लेखनाथमा

लेखनाथ, १३ चैत। सिर्द्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफनो ३७ औं शाखा पोखरा लेखनाथ महानगरपालिका-२९ साविक लेखनाथ १ को भण्डारढीकमा स्थापना गरेको छ।

पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म शाखा विस्तार गरेको बैंकले आइतवार ३७ औं शाखाको लेखनाथमा स्थापना गरेको हो।

बैंकका अध्यक्ष रामवहादुर भण्डारी र लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले संयुक्त रूपमा उद्घाटन गरे।

नेपाल सरकारको स्वामित्व र राष्ट्रिय विमा समितिको लगानीमा सञ्चालित बैंकको चुक्ता पुँजी एक अर्ब ४१ करोड ९१ लाख ६८ हजार रहेको छ भने आगामी असार मसन्तसम्ममा दुर्इ अर्ब ५० करोड पुर्‍याउने लक्ष्यका साथ ६० प्रतिशत हकप्रद सेयर निष्कासनको तयारीमा बैंक रहेको छ।

सिर्द्धार्थ डेभलपमेण्ट बैंकका अध्यक्ष रामबहादुर भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले बैंकको गतिविधीका वारेमा जानकारी गराएका थिए।

बैंकका नायब महाप्रवधक  ध्रुवकुमार पौडेलले सञ्चालन गरेको सो कायक्रममा मालपोत कार्यालय लेखनाथका प्रमुख चिरञ्जीवि पौडेल रर्र् इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख गौलोचन शैजुलगायतले बोलेका थिए।

- अादर्श समाज सम्वाददाता