शुभकामना कप फुटबल प्रतियोगिता हुने

पोखरा, १३ चैत। ‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मूलनाराका साथ हेमजा युनाइटेडको आयोजनामा बैशाख १ देखि ७ गतेसम्म शुभकामना कप फुटबल प्रतियोगिता-२०७४ हुने भएको छ।

खेलकुद माध्यमबाट कुलतमा फसेका तथा वेरोजगार युवालाई विकृति र विसंगतिबाट जोगाई सही बाटो देखाउन टेवा पुर्‍याउने उद्देश्यले हेमजाको गौरीशंकर खेल मैदान -गैरी) मा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगिता सम्पन्न गर्न हेमजा युनाइटेडका अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीको संयोजकत्वमा मूल आयोजक कार्यसम्पादन समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ।

जसमा अर्थ संकलन उपसमिति संयोजकमा मनोजकुमार श्रेष्ठ, प्रचार प्रसार उपसमिति संयोजकमा प्रकाशचन्द्र सापकोटा, ग्राउण्ड व्यवस्थापन उपसमिति संयोजकमा विशालज· कुँवर, खेलकुद सामाग्री र रेफ्री व्यवस्थापन उपसमितिमा राजु कुँवर रहेका छन्।

त्यस्तै, स्वागत सत्कार उपसमिति संयोजकमा बुद्धदेवी कुँवर, स्वयम्सेवक परिचालन उपसमिति संयोजकमा सौरभ कार्की, यातायात व्यवस्थापन उपसमिति संयोजकमा नारायणबहादुर कुँवर, पुरस्कार तथा मायाको चिनो व्यवस्थापन उपसमिति संयोजकमा इन्द्रबहादुर कुँवर, साउण्ड सिष्टम व्यवस्थापन उपसमिति संयोजकमा तीर्थराज देवकोटा, शान्तिसुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा भारतीय भूमू गोर्खा र नेपाल भूपू सैनिक तथा सदस्यमा हेमजाका सम्पूर्ण आमा समूह, स्वास्थ्य सेवा उपसमिति संयोजकमा हेमजा उपस्वास्थ्य चौकी तथा सदस्यहरुमा हेमज रेडक्रस सोसाइटी, हेमजा हस्पिटल एण्ड रिर्र्सच सेन्टर प्रालि, हेमजा पोलि क्लिनिक, राजेश मेडिक हल, बास्तोला मेडिकल हल, राधा कृष्ण मेडिकल हल रहेका छन्।

साथै, खाजा व्यवस्थापन उपसमिति संयोजकमा महोदत्त पौडेल (मणि), युवा परिचालन उपसमिति संयोजकमा धमेन्द्र कुँवर-कान्छा) र सचिवालय व्यवस्थापन उपसमिति संयोजकमा खिमलाल तिमिल्सिना रहेका छन्। यस वर्ष प्रतियोगितामा पुरस्कार राशी बृद्धि गरिएको छ। प्रथमलाई एक लाख ५० हजार, दोस्रोलाई ७५ हजार साथमा कप, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने हेमजा युनाइटेडका अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीले जानकारी दिए।

सवोर्कृष्ट खेलाडीलाई पाँच हजार दिइनेछ भने उत्कृष्ट गोलकिपर, डिफेन्स, मिड फिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई जनही दुर्इ हजार पाँच सय साथमा ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने संस्थाका सचिव खिमलाल तिमिल्सिनाले जानकारी दिए।

अनुशासित टिमलाई आठ हजार साथमा ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ। प्रत्येक खेलका म्यान अफ दि म्याचलाई आकर्षक पुरस्कार दिइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १६ टिमले सहभागी जनाउने आयोजकको अपेक्षा छ । टिम दर्ता शुल्क आठ हजार छ। प्रतियोगितामा एन्फामा आवद्ध क्लब र विभागीय टिममात्रै सहभागी जनाउन पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ। जिल्ला बाहिरका टिम आतेजाते भाडा तथा टिम दर्तामा पैसा तिर्नु नपर्ने  व्यवस्था गरिएको कोषाध्यक्ष इन्द्रबहादुर कुँवरले जानकारी दिए।

प्रतियोगिताबाट १६ लाख ६३ हजार आम्दानी हुने र १४ लाख ६० हजार खर्च हुने अनुमान गरिएको अर्थ संकलन उपसमिति संयोजक मनोजकुमार श्रेष्ठले जानकारी दिए।

गौरीशंकर खेल मैदान -गैरी) लाई व्यवस्थित खेल मैदान बनाउन संस्थाले उक्त पहल गरेको हो । खेल मैदनमा नै बन्न लागेको हेमजा युनाइटेडको भवन निर्माणमा विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरेका छन्। स्व.कणेल इन्द्र कुँवरको सम्झनामा श्रीमती लक्ष्मी कुँवरबाट पाँच लाख, सुवेदार श्यामबहादुर सापकोटाबाट ७० हजार, स्वर्गीय डिलबहादुर सपाकोटा र स्व.मनिकर्णयसापकोटाको स्मृतिमा छोरी खरिका थापाबाट ५० हजार सहयोग प्राप्त भएको छ।

भवन निर्माणकै लागि हेमजा युनाइटेड अमेरिका, हेमजा युनाइटेड युके, हेमजा युनाइटेड जापान, हेमजा युनाइटेड कोरिया, प्रवासी हेमजा सेवा समाज, दोहा कतार, केवि गाइज जापान अष्ट्रेलिया, अष्ट्रेलिया समाजबाट सहयोग प्राप्त भएको कोषाध्यक्ष इन्द्रबहादुर कुँवर जानकारी दिए। त्यसैगरी, भवन निर्माणकै लागि विभिन्न संघसंस्था र व्यक्तिबाट पनि सहयोग प्राप्त भएको छ।

‘सबैको सहयोगमा भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ’-अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीले भने-’यहाँहरुको सहयोग र सद्भावले नै संस्था यहाँसम्म आइपुगेको छ। आगामी दिनमा पनि सहयोग सल्लाहको अपेक्षा गरेका छौ।’

संस्थाले खेलकुद अलावा सामाजिक, सांस्कृतिक, कृषि, शिक्षा क्षेत्रमा पनि काम गर्दै आएको छ।

- अादर्श समाज सम्वाददाता