मह जोडीद्वारा मानव सेवा आश्रमको उद्घाटन

लमजुङ, १३ चैत। लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा शाखाको रूपमा स्थापना गरिएको मानवसेवा आश्रमको उद्घाटन गरिएको छ।

आश्रमको सद्भावनादूत एवं चार्चित राष्ट्रिय हाँस्य कलाकारद्वय महजोडी -मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)द्वारा संयुक्त रूपमा उद्घाटन गरिएको हो।

कार्यक्रममा बोल्दै मदनकृष्ण श्रेष्ठले व्यवहारिसे मानवको सेवा गर्नेहरू साक्षात् भगवान् भएको बताए।

‘हामी सदभावना दूत हौँ, तर ती मानिसहरू साच्चिकै देवदूत हुन्’-उनले भने-’जसले बेसहारा र बेवारीसेहरूको सेवा र उद्धार गर्ने गरी आएका छन्।’

यसैगरी, अर्का कलाकार हरिवंश आचार्यले पनि बेसहारा र व्यवहारिसेहरूको सेवा भन्दा ठूलो अरु कुनै धर्म नभएको उल्लेख गरे।

हाँस्य कलाकार आचार्यले आँसु पुछ्दै दर्शकको ध्यानकेन्द्रित गर्दै भने-’हाम्रा भगवान् तपाई दर्शकहरू हुनुहन्छ, तर तपाईंका भगवानहरू ती हुन् जो बेसहारा र व्यवहारिसे छन्।’

लमजुङमा पहिलो पटक पाइला टेकेका हास्य कलाकारद्वयले ३७ वर्षदेखि सहकार्य गर्दै आएकाले महजोडी ज्यान छउञ्जेल सधैँसँगै अघि बढ्ने प्रतिवद्धता दोहोर्‍याए। साथै उनीहरूले नेपाली दर्शकले माया गरेकै कारण आफूहरू कलकारिताको क्षेत्रमा स्थापित भएको बताए।

मानव सेवा आश्रमका संरक्षक डा गोविन्द टण्डनले सडक-किनारामा कष्टकर जीवनयापन गर्न बाध्य अनाथ, अपा·, अशक्त, असहाय, शारीरिक तथा मानसिक रूपमा विक्षिप्त भएकालाई उद्धार गरी उपचार तथा पालनपोषण आश्रम सञ्चालन गरिएको बताए। उनले मानव सेवा आश्रम लमजुङ छैठौँ शाखा भएको जानकारी दिए।

सवोर्त्कृष्ट जीवनशाश्वत चिन्तन अभियान अन्तर्गत ६ महिना अघिदेखि जिल्लामा विभिन्न अनौपचारिक गतिविधि सञ्चालनमा ल्याइएको थियो।

सवोर्त्कृष्ट जीवनशाश्वत चिन्तन अभियान अन्तर्गत जिल्लामा नौ जनालाई उद्धार गरिएको अभियानका जिल्ला संयोजक किसान संगनेपालीले बताए।

उद्धार गरीएका छ जनालाई हेटौँडास्थित मानव सेवाश्रममा राखिएको छ भने एकजनालाई परिवारमा पुनर्मिलन गराइएको छ। यस्तै दुर्इजनालाई भने बेसीशहरको आश्रममा नै राखिएको आश्रमकी सचिव अनिता अधिकारीले बताए। उद्घाटन कार्यक्रममा ‘मन्दिर’ नामक नाटक प्रदर्शन गरिएको थियो। नाटकमा प्रस्तुत गरिएको जीवनको दुखान्त परिवेशलाई सम्झदै अधिकांश दर्शकहरूका आँखा रसाएका थिए।

- अादर्श समाज सम्वाददाता