एमाले पोले-१५ मा वडा कमिटी

पोखरा, १३ चैत। नेकपा एमाले पोखरा लेखनाथ महानगरपालिका-१५ द्वारा वडाका बिभिन्न टोलहरूमा भेला आयोजना गरी टोल कमिटी गठन गर्ने कार्यलाई त्रि्रता दिएको छ।

वडाको प्रतिभाटोलमा सम्पन्न भेलाले क्याप्टेन सुदर्शनसिह थापाको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरेको छ भने पट्नेरी टोलमा खिमबहादुर बिश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय टोल कमिटी गठन गरेको छ। यस अघि दुवै भेलाको छुट्टा छुट्टै उद्घाटन गर्दै नेकपा एमालेका पोलिटब्युरो वैंकल्पिक सदस्य एवं प्रदेश नं ४ का सचिव जगत् विश्वकर्माले अहिलेको संविधान विगतका संविधानको तुलनामा जनताको अधिकार समेटिएको प्रगतिशील तथा अग्रगामी रहेको चर्चा गर्दै यसको प्रभावकारी कार्यान्वयनमा सबै क्रियाशील बन्नु पर्ने बताए।

कार्यक्रममा नेकपा एमाले कास्कीका सचिवालय सदस्य तेजनारायण अधिकारी, सदस्यहरू दर्शन लामा, गणेश पाख्रिन, क्षेत्र नं २ का सचिव पूर्ण लामा, जिल्ला सल्लाहकार ललित भण्डारी, क्षेत्रीय सदस्य पुनलाल विश्वकर्मा, नगर सदस्य तोरण बानियाँ, पार्टीवडा अध्यक्ष प्रकाश पौडेल, पूर्व वडाध्यक्ष शिवबहादुर बानियाँ, अदिप बराल, नारायणी ढकाल, शारदा गौतम, पार्वती कार्की, मुक्ति गुरुङ, राजकुमार बराललगायतले अब स्थानीय निर्वाचन कुनैपनि शक्तिले बिथोल्न नसक्ने बताउदै निर्वाचनमा नेकपा एमालेको पक्षमा मतदान गर्न अनुरोध गरे।

उक्त भेलाहरूमा विभिन्न पार्टीपरित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका व्यक्तिहरूलाई  नेता जगत विश्वकर्माले खादा र अविर लगाएर स्वागत गरेका थिए। प्रतिभाटोल भेलाको अध्यक्षता क्याप्टेन सुदर्शनसिह थापाले गरेका थिए भने पट्नेरी टोल भेलाको अध्यक्षता खेमबहादुर विकले गरेका थिए।

- अादर्श समाज सम्वाददाता