सूयोर्दय लघुवित्तको चुक्ता पुँजी करिब सात करोड हुने

स्याङ्जा, १३ चैत। पुतलीबजार नगरपालिका-१ मा केन्द्रीय कार्यालय रहेको सूयोर्दय लघुवित्त वित्तीय संस्थाको शनिबार भएको साधारणसभाले चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको छ।

साधारणसभाले कम्पनिको हाल कायम चुक्ता पुँजी चार करोडको ७० प्रतिशत हकप्रद सेयर थप गरी जारी चुक्ता पुँजी छ करोड ८० लाख बनाउने निर्णय गरेको छ।

हाल कायम चुक्ता पँुजीको ७० प्रतिशतका दरले १० कित्ता बरावर सात कित्ता सेयरको दुर्इ लाख ८० हजार हकप्रद सेयर हुन्छ। यसैगरी, वित्तीय संस्थाको कार्यक्षेत्र १० जिल्लाबाट विस्तार गरी १५ जिल्लामा पुर्‍याउने निर्णय गरेको हो।

राष्ट्रबैंकको ‘घ’ वर्गमा सूचीकृत उक्त लघुवित्तका १० जिल्लामा २६ शाखा कार्यालय छन। संस्थामार्फत हालसम्म एक अर्ब १९ करोड ५३ लाख २३ हजार नौ सय ४४ रुपैयाँ लगानी गरेको छ।

७६ करोड ३४ लाख १३ हजार पाँच सय ६३ रुपैयाँ लगानी उठेको छ भने ४३ करोड १९ लाख १० हजार तीन सय ८१ उठ्न बाकी रहेको सूयोर्दयका प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनीले जानकारी दिए।

यस आर्थिक वर्षभित्रमा करिब ३० हजार सेवाग्राही बनाउने, सदस्य र ऋणीको अनुपात ६३ दशमल ३६ प्रतिशत संख्या र बचत र कर्जाको अनुपात ३१ दशमलब ५६ प्रतिशत पुर्‍याई दुर्इ करोड ९४ लाख ६६ हजार नौ सय ४९ नाफा गर्ने लक्ष्य रहेको कम्पनि अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए।

बाग्लुङ, म्याग्दी, पर्वत, स्याङ्जा, मनाङ, लमजुङ, मुस्ताङ, गुल्मी, प्यूठान र रोल्पामा सूयोर्दय लघुवित्तका शाखा कार्यालय सञ्चालनमा छन भने आउदो वर्ष पाल्पा, अर्घखाँची, कास्की, तनँहु र गोरखामा सेवा विस्तार गरिने भएको हो।

साधारण सभामा सञ्चालक गुणखर सापकोटा, बाहृय लेखापरिक्षक शंकर गौतम, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, पत्रकार महासंघका अध्यक्ष प्रकाश डोटेल, सल्लाहकार देवेन्द्रकुमार श्रेष्ठलगायतले वित्तीय संस्था नाफामुखीभन्दा पनि सेवामुखी बनेर ग्रामीण बस्तीमा पुग्नुपर्नेमा जोड दिएका थिए।

- अादर्श समाज सम्वाददाता