स्वतन्त्रको महाधिवेशन उद्घाटन

पूर्व प्रधानन्यायाधीश रेग्मीले गर्ने

पोखरा, १२ चैत। स्वतन्त्र पत्रकार संघ नेपालको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घाटन समारोह सवोर्च्च अदालतका सम्माननीय पूर्व प्रधानन्यायाधीश तथा नेपाल सरकार मन्त्री परिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा हुने भएको छ।

देशको संक्रमणकालीन स्थितिमा मन्त्री परिषद्को अध्यक्षता ग्रहण गरी निर्विघ्नतापूर्वक संविधान सभाको निर्वाचन सम्पन्न गराएका पूर्व प्रधानन्यायाधीश रेग्मीको सम्मान स्वरुप प्रमुख आतिथ्यता ग्रहणका लागि आमन्त्रण गरिएको र स्वीकृति प्राप्त भएको संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले जानकारी दिए। स्वतन्त्र पत्रकार संघ नेपालको केन्द्रीय अधिवेशन यही चैत २३ गते पोखरामा हुने भएको छ।

महाधिवेशनमा संघको शाखा रहेका १३ जिल्लाका डेढ सय भन्दा बढी पत्रकार सहभागी हुने र केन्द्रीय समितिको निर्वाचन कार्यक्रम समेत रहेको केन्द्रीय कोषाध्यक्ष दिननाथ बरालले बताए।

- अादर्श समाज सम्वाददाता